०६ असार २०८३, शनिबार

सुन र चाँदीका गहना बरामद

सुन र चाँदीका गहना बरामद
प्रतिकात्मक तस्वीर

कैलाली, कञ्चनपुरको सिमाना धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट सशस्त्र प्रहरीले सोमवार ३६ लाख बराबरका सुन र चाँदीका गहना बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणको कार्यालय कैलाली, बीओपी त्रिनगर र बीओपी डोकेबजारबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा भन्सार छली ल्याएको ३६ लाख ८ हजार ४९० रुपैयाँ बराबरका सुन तथा चाँदी गहनाहरू बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणको कार्यालयले जनाएको छ ।

बरामद गरी गरगहना राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाउने प्रक्रिया भइरहेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्