०८ साउन २०८३, शुक्रबार

धनुषामा मोटरसाइकल दुर्घटनामा परी ४ जना बालकको मृत्यु

धनुषामा मोटरसाइकल दुर्घटनामा परी ४ जना बालकको मृत्यु

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा ४ जना बालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अर्का एक घाइते भएका छन् । सोमबार सवैला नगरपालिका–१२ स्थित बरकुर्वामा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 
प्रहरीका अनुसार मृत्यु हुनेमा १२ वर्षीय लक्ष्मी यादव,  १५ वर्षीय राहुल यादव,  १४ वर्षीय सुमित यादव र १२ वर्षीय बौका यादव छन्। राहुलले मोटरसाइकल हाँकेका थिए । 
दुर्घटनामा घाइते १९ वर्षीय सुरेन्द्र यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

मोटरसाइकलमा ५ जना सवार भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । तीव्र गति गतिको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ । 
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले ज६प ६७३९ नम्बरको मोटरसाइकल दुर्घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्