×

NMB BANK
NIC ASIA

भिगन फेस्टिभलको प्रमोशनका लागि प्रथम भिगन–सगरमाथा आरोही कुन्तल आउँदै

चैत १५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालको पहिलो र ऐतिहासिक वनस्पतिमा आधारित महोत्सव: हिमालयन भिगन फेस्टिभलको प्रचारका लागि दुई पटक सगरमाथा सफलापूर्ण आरोहण गरि सकेका विश्व कै पहिलो भिगन–सगरमाथा आरोही कुन्तल जोइसर नेपाल आउँदैछन्।

Muktinath Bank

विशुद्ध शाकाहारी जीवनशैलीको परिचय, प्रबर्द्धन तथा यसबाट हुने फाइदाहरु जन–मानसमा पुर्याउने लक्ष्य बोकेर ३२ भन्दा अधिक देशहरुबाट १०० भन्दा माथि विज्ञ तथा ज्ञाताहरु हिमालयन भिगन फेस्टिभलमा आउँदै हुनुहुन्छ। हिमालय क्षेत्र नेपाल र भुटानमा संयुक्त रूपमा हुन गइरहेको वृहत महोत्सव ३ दिन नेपाल (भदौ ३० देखि असोज १ गतेसम्म) र ३ दिन भुटानमा (असोज २ देखि ४ सम्म) हुनेछ। यो फेस्टिभल सर्वसाधारणका लागि नि:शुल्क रहनेछ। तर आफ्नो लागि सिट बुक गर्न इच्छुक माहनुभावका लागि पासहरुको व्यवस्था समेत गरिएको छ। फेस्टिभलमा विश्वभरबाट आउने ज्ञाता तथा विज्ञहरुद्वारा सान्दर्भिक विषयमा छलफल तथा कक्षा, भिगन खाना, खाना पकाउन सिकाउने कक्षा, चलचित्र स्क्रिनिङ, फिल्म प्रतियोगिता, फ्याशन शो, म्याराथन, योगा कक्षा, आदि समेत सन्चालन हुनेछ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्तर्राष्ट्रिय वक्ता मध्ये एक रहेका अन्तर्राष्ट्रिय एथलेट कुन्तल जोइसर सगरमाथा आरोहण गर्ने प्रथम भिगन समेत हुन्। दुई पटक सगरमाथा आरोहण गरिसकेका कुन्तलले आफ्नो शारिरीक उर्जा तथा सहनशीलताको श्रेय भिगन भोजन (माछामासु, दहीदूध र महसमेत नखाने शाकाहारी) तथा व्यायामलाई दिन्छन्। आफूलाई नैतिक भिगन भन्न रुचाउने कुन्तल वातावरण र प्रकृति संरक्षणका निम्त्ति पनि भिगन बनेका हुन्। उनी एक सम्मानित फोटोग्राफर समेत हुन्, र उनका फोटो र फोटोकथाहरू नेशनल जियोग्रफिक, बिबिसी अर्थ, द आउटडोर जर्नल, हिमालयन जर्नललगायत अन्य म्यागाजिनहरूमा छापिनुका साथै उनी कुच शक्ति, कुच रत्न लगायतका विभिन्न पुरस्कारहरुबाट पुरस्कृत समेत भएका छन्।


Advertisment
Nabil box
Kumari

कुन्तलले यहि मिति २०७८|१२|१४ मा आयोजना गरिएको प्रेस सम्मेलनमा आफ्नो सगरमाथा आरोहणको अनुभव सुनाउदैँ आरोहणको कठिनाईहरुमा उहाँको भोजनले (विशुद्ध शाकाहारी भोजन) केही सम्यसा नदिएको बताउनु भयो। वातावरण परिवर्तनले गर्दा हिमालको हिउँहरु पगलिदै गएको र वातावरण परिवर्तनको प्रभाव नेपालमा धेरै हुने भनेर भन्नु भयो। पशु कृषिले ल्याउने विनास जस्तै प्रजातिको लोप, वन ढुवानी, प्रदुषण, यसबाट निस्कासन हुने  ग्रिन हाउस ग्यास अदिको सम्बोधन हुनु जरुरी रहेको भन्दै यसमा ध्यान आकर्षण गराउनु भयो।

Vianet communication
Laxmi Bank

हाम्रो थालबाट शान्तिको सुरुवात हुनु पर्छ भन्ने सन्देश दिदैँ हामीलाई चाहिने क्याल्सियम तथा प्रोटिन हामीले वनस्पतिबाट नि पाउन सक्ने भन्दै सबै महानुभावलाई हिमालयन भिगन फेस्टिभलमा आई विशुद्ध शाकाहारी भोजनको वातावरणीय, मानव स्वास्थ्य तथा पशु कल्याणका लागि हुने फाइदालाई बुझ्न आग्रह गर्नु भयो।

साथै यस फेस्टिभलका अध्यक्ष सुरेश प्रसाद शर्माले हिमालयन भिगन फेस्टिभल परिवार मैत्री, सूचनामूलक तथा मनोरन्जन–मूलक हुनुका साथै विभिन्न पशु कल्याण तथा पूर्ण वनस्पतिलाई प्रबर्द्धन गर्ने संघ संस्थालाई पनि समावेश गर्न खोजेको भन्नु भयो। उहाँले बुद्ध जन्मेको देश भएकाले पनि हामीले पञ्चसिलको पहिलो नियम अहिंसालाई अनुसरण गर्न आवश्यक रहेको र यस फेस्टिभलले नेपाललाई वातावरण मैत्री तथा भिगन मैत्री देश बनाउन मदत गर्ने भएकाले सबै जनालाई यसमा भाग लिन अनुरोध पनि गर्नु भयो।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x