०६ साउन २०८३, बुधबार

भिगन फेस्टिभलको प्रमोशनका लागि प्रथम भिगन–सगरमाथा आरोही कुन्तल आउँदै

भिगन फेस्टिभलको प्रमोशनका लागि प्रथम भिगन–सगरमाथा आरोही कुन्तल आउँदै

नेपालको पहिलो र ऐतिहासिक वनस्पतिमा आधारित महोत्सव: हिमालयन भिगन फेस्टिभलको प्रचारका लागि दुई पटक सगरमाथा सफलापूर्ण आरोहण गरि सकेका विश्व कै पहिलो भिगन–सगरमाथा आरोही कुन्तल जोइसर नेपाल आउँदैछन्।

विशुद्ध शाकाहारी जीवनशैलीको परिचय, प्रबर्द्धन तथा यसबाट हुने फाइदाहरु जन–मानसमा पुर्याउने लक्ष्य बोकेर ३२ भन्दा अधिक देशहरुबाट १०० भन्दा माथि विज्ञ तथा ज्ञाताहरु हिमालयन भिगन फेस्टिभलमा आउँदै हुनुहुन्छ। हिमालय क्षेत्र नेपाल र भुटानमा संयुक्त रूपमा हुन गइरहेको वृहत महोत्सव ३ दिन नेपाल (भदौ ३० देखि असोज १ गतेसम्म) र ३ दिन भुटानमा (असोज २ देखि ४ सम्म) हुनेछ। यो फेस्टिभल सर्वसाधारणका लागि नि:शुल्क रहनेछ। तर आफ्नो लागि सिट बुक गर्न इच्छुक माहनुभावका लागि पासहरुको व्यवस्था समेत गरिएको छ। फेस्टिभलमा विश्वभरबाट आउने ज्ञाता तथा विज्ञहरुद्वारा सान्दर्भिक विषयमा छलफल तथा कक्षा, भिगन खाना, खाना पकाउन सिकाउने कक्षा, चलचित्र स्क्रिनिङ, फिल्म प्रतियोगिता, फ्याशन शो, म्याराथन, योगा कक्षा, आदि समेत सन्चालन हुनेछ।

अन्तर्राष्ट्रिय वक्ता मध्ये एक रहेका अन्तर्राष्ट्रिय एथलेट कुन्तल जोइसर सगरमाथा आरोहण गर्ने प्रथम भिगन समेत हुन्। दुई पटक सगरमाथा आरोहण गरिसकेका कुन्तलले आफ्नो शारिरीक उर्जा तथा सहनशीलताको श्रेय भिगन भोजन (माछामासु, दहीदूध र महसमेत नखाने शाकाहारी) तथा व्यायामलाई दिन्छन्। आफूलाई नैतिक भिगन भन्न रुचाउने कुन्तल वातावरण र प्रकृति संरक्षणका निम्त्ति पनि भिगन बनेका हुन्। उनी एक सम्मानित फोटोग्राफर समेत हुन्, र उनका फोटो र फोटोकथाहरू नेशनल जियोग्रफिक, बिबिसी अर्थ, द आउटडोर जर्नल, हिमालयन जर्नललगायत अन्य म्यागाजिनहरूमा छापिनुका साथै उनी कुच शक्ति, कुच रत्न लगायतका विभिन्न पुरस्कारहरुबाट पुरस्कृत समेत भएका छन्।

कुन्तलले यहि मिति २०७८|१२|१४ मा आयोजना गरिएको प्रेस सम्मेलनमा आफ्नो सगरमाथा आरोहणको अनुभव सुनाउदैँ आरोहणको कठिनाईहरुमा उहाँको भोजनले (विशुद्ध शाकाहारी भोजन) केही सम्यसा नदिएको बताउनु भयो। वातावरण परिवर्तनले गर्दा हिमालको हिउँहरु पगलिदै गएको र वातावरण परिवर्तनको प्रभाव नेपालमा धेरै हुने भनेर भन्नु भयो। पशु कृषिले ल्याउने विनास जस्तै प्रजातिको लोप, वन ढुवानी, प्रदुषण, यसबाट निस्कासन हुने  ग्रिन हाउस ग्यास अदिको सम्बोधन हुनु जरुरी रहेको भन्दै यसमा ध्यान आकर्षण गराउनु भयो।

हाम्रो थालबाट शान्तिको सुरुवात हुनु पर्छ भन्ने सन्देश दिदैँ हामीलाई चाहिने क्याल्सियम तथा प्रोटिन हामीले वनस्पतिबाट नि पाउन सक्ने भन्दै सबै महानुभावलाई हिमालयन भिगन फेस्टिभलमा आई विशुद्ध शाकाहारी भोजनको वातावरणीय, मानव स्वास्थ्य तथा पशु कल्याणका लागि हुने फाइदालाई बुझ्न आग्रह गर्नु भयो।

साथै यस फेस्टिभलका अध्यक्ष सुरेश प्रसाद शर्माले हिमालयन भिगन फेस्टिभल परिवार मैत्री, सूचनामूलक तथा मनोरन्जन–मूलक हुनुका साथै विभिन्न पशु कल्याण तथा पूर्ण वनस्पतिलाई प्रबर्द्धन गर्ने संघ संस्थालाई पनि समावेश गर्न खोजेको भन्नु भयो। उहाँले बुद्ध जन्मेको देश भएकाले पनि हामीले पञ्चसिलको पहिलो नियम अहिंसालाई अनुसरण गर्न आवश्यक रहेको र यस फेस्टिभलले नेपाललाई वातावरण मैत्री तथा भिगन मैत्री देश बनाउन मदत गर्ने भएकाले सबै जनालाई यसमा भाग लिन अनुरोध पनि गर्नु भयो।

salt training

कमेन्ट गर्नुहोस्