
नेपाली कांग्रेस रुपन्देहीको कोषाध्यक्षमा हरि अर्याल मनोनित भएका छन् ।
कांग्रेस रुपन्देहीको बिहीवार सम्पन्न बैठकले अर्याललाई कोषाध्यक्ष पदमा मनोनित गर्ने निर्णय गरेको हो ।
त्यस्तैगरी स्थानीय तह निर्वाचन प्रचारप्रसारमा उपसभापति थानेश्वर घिमिरेलाई संयोजकको जिम्मेवारी दिइएको छ । त्यस्तै सचिव हरि काफ्लेलाई अनुशासन समिति जिम्मेवारी दिइएको छ ।
अर्का सचिव परमानन्द भट्टराईलाई घोषणापत्र लेखन समितिमा संयोजकको जिम्मेवारी कांग्रेसले तोकेको छ ।
बैठकले जिल्ला सदस्यहरुलाई जिल्लाका १६ वटै स्थानीय तहका १५५ वटै वडामा ‘घरघर जाऔं, कांग्रेस जिताऔँ,’ अभियानको लागि प्रतिनिधि खटाउने निर्णय गरिएको काफ्लेले जानकारी दिए ।