१० साउन २०८३, आइतबार

व्यवसायीले रोके पेट्रोलियम पदार्थको ढुवानी, भाडा बढाउन माग

व्यवसायीले रोके पेट्रोलियम पदार्थको ढुवानी, भाडा बढाउन माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धिअनुसार ढुवानी भाडा नबढाएको भन्दै व्यवसायीले ढुवानी रोकेका छन् । 

सरकारसँग एक महिना अगाडि नै राखेको पेट्रोलियम पदार्थको ढुवानी भाडा बढाउनुपर्ने माग पूरा नभएकाले बाध्य भएर ढुवानी रोक्नुपरेको पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले बताए । 

‘आजदेखि पेट्रोल, डिजेल र ग्यासको ढुवानी भाडा नबढाएसम्म ढुवानी गर्दैनौँ,’ उनले भने । 

आयल निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालस्थित निगमको डिपोबाट डिलरले खरिद गर्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकेर माग पूरा गराउन दबाब दिएको महासचिव अर्यालको भनाइ छ । 

व्यवसायीले ढुवानी रोकेपछि आयल निगमसँग स्टक नहुने भएकाले यसको प्रभाव भोलिदेखि नै बजारमा पर्न सक्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्