२१ असार २०८३, आइतबार

चेर्नोविल आणविक भट्टी छोडेर रुसी सैनिकहरू गएको युक्रेनको दाबी

चैत १८, २०७८
चेर्नोविल आणविक भट्टी छोडेर रुसी सैनिकहरू गएको युक्रेनको दाबी

रुसी सैनिकहरूले युक्रेनमा रहेको चेर्नोबिल आणविक भट्टीलाई छोडेर गएको युक्रेनी अधिकारीहरूले बताएका छन् । 

‘चेर्नोबिल आणविक भट्टी रहेको भूभागमा कुनै पनि विदेशीहरू छैनन्,’ भट्टी सञ्चालन गर्ने निकायले फेसबूकमा लेखेको छ । 

रुसीहरूले युक्रेनमा आक्रमण गरेकै दिनदेखि चेर्नोबिल कब्जामा राखेका थिए । उनीहरू त्यहाँबाछ गएको युक्रेनको सरकारी आणविक कम्पनी इनर्जोएटमले पनि जनाएको छ । 

‘आज बिहान अतिक्रमणकारीहरूले चेर्नोबिल आणविक भट्टी छोडेर जाने उद्देश्यका बारेमा बताएका थिए,’ इनर्जोएटमले टेलिग्राममा लेख्यो । 

रुसी सैनिकहरू दुई पंक्ति बनाएर बेलारुस सीमातर्फ गएको र सानो संख्यामा मात्र रुसी फौजहरू भट्टीमा बसेको उसले जानकारी दियो । 

‘रुसी सैनिकहरूको पंक्तिले स्लाभुटीच शहर कब्जामा लिएका थिए तर उनीहरू पनि बेलारुसतर्फ गइरहेको प्रमाण छ,’ उसले थप्यो । 

स्लाभुटीचमा चेर्नोबिल आणविक भट्टीका कामदारहरूलाई राखिएको छ । 

रुसले आक्रमण गरेपछि चेर्नोबिलमा विकिरण फैलिने जोखिमको डर बढेको थियो । 

सन् १९८६ मा चेर्नोबिलको एक रियाक्टर विस्फोट हुँदा सयौंको मृत्यु भएको थियो भने युरोपमा रेडियोधर्मी संक्रमण फैलिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्