![प्रधानमन्त्री देउवा नयाँ दिल्लीमा, पर्यटन राज्यमन्त्री भट्टले गरे स्वागत [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/deuba_delhiii_m6PFrlOffN.jpg)
तीनदिने भ्रमणको सिलसिलामा प्रधानमन्त्री शेरबहादुर देउवा भारतको राजधानी नयाँ दिल्ली आइपुगेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा देउवा शुक्रवार दिउँसो नयाँ दिल्ली आइपुगेका हुन ।
इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा देउवालाई भारतीय रक्षा एवं पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका छन् । औपचारिक भ्रमणमा विदेशमन्त्रीले स्वागत गर्ने प्रचलन थियो ।
प्रधानमन्त्री देउवाले दिल्लीमा पहिलो भेट भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग गर्दैछन् । शुक्रवार नै देउवा भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा जाने कार्यक्रम तय भएको छ ।
शनिवार देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता हुनेछ । देउवा नेतृत्वको प्रतिनिधि मण्डलमा सरकारका चार मन्त्री र सचिवहरू सहभागी छन् ।




