×

NMB BANK
NIC ASIA

स्थानीय चुनावको सरगर्मी

धरानको चुनावी लडाईं : विरासत फर्काउने दाउमा एमाले, साख जोगाउने कांग्रेसको मिसन

चैत १८, २०७८

NTC
Premier Steels

प्रदेश १ का दुई उपमहानगरमध्ये एक हो, धरान उपमहानगरपालिका । लाहुरेहरूको शहरका रूपमा चिनिने धरानमा यतिबेला स्थानीय निर्वाचनले छोपिसकेको छ । 

Muktinath Bank

मुख्य प्रतिस्पर्धी कांग्रेस र एमालेमा टिकटका लागि रस्साकस्सी चलिरहेको छ । अन्य दलहरू भने चुनावी गठबन्धनको जोडघटाउमा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अघिल्लोपटक एमालेले जितेको धरानमा उपनिर्वाचन हुँदा कांग्रेसले बाजी मारेको थियो ।


Advertisment
Nabil box
Kumari

२०७४ मा मेयर जितेका ताराबहादुर सुब्बाको निधन भएपछि उपनिर्वाचन हुँदा कांग्रेसका तिलक राई निर्वाचित भएका थिए ।

Vianet communication

२०४६ सालपछाडि भएका चुनावमा वामपन्थीले जित्दै आएको धरानमा पहिलोपटक कांग्रेसले बाजी मारेको हो ।

मेयर पदमा निर्वाचित भएका तिलकले २६ हजार ७ सय ९ मत ल्याए भने तत्कालीन नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत ल्याए । 

एमाले र माओवादी एक भएर बनेको नेकपाले वामपन्थीको पकड मानिएको धरान गुमाउनुपर्‍यो ।

मेयरमा निर्वाचित तिलक राई २०७४ सालको चुनावमा एमालेका तारा सुब्बासँग ४ हजार ८ सय ७३ मतले पराजित भएका थिए । 

अघिल्लो चुनावमा १६ हजार १ सय २ मत पाएका तिलकले उपनिर्वाचनमा बाजी मारे ।

त्यसअघि २०५४ को स्थानीय निर्वाचनमा एमालेका मनोज मेन्याङ्बो र २०४९ मा एमालेकै ध्यानबहादुर राई विजयी भएका थिए । उपनिर्वाचनको नतिजा तत्कालीन नेकपाका लागि अपेक्षित थियो ।

अघिल्लो स्थानीय निर्वाचनमा उपमहानगरका २० वडामध्ये १४ वडा एमालेले जितको थियो भने  ५ वटामा कांग्रेस र एकमा माओवादी केन्द्र विजयी भएको थियो । 

एमालेका आकांक्षी

एमालेभित्र मेयरका लागि संघीय सांसद जयकुमार राई, उपमेयर मञ्जु भण्डारी लगायतका नेताको नाम चर्चामा छ । सांसद राई १० बुँदे सहमतिका क्रममा तत्कालीन माधव नेपाल समूह  छाडेर एमालेमै बसेका नेता हुन् ।

प्रदेश १ का निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यको गृहजिल्ला भएकाले पनि सुनसरीमा माधव नेपाल पक्ष छाडेका नेताहरूको बाहुल्य छ । आचार्य आफैं नेपाल–खनाल समूह छाडेका नेता हुन् ।

आदिवासी जनजातिको शहरका रूपमा समेत चिनिएको धरानमा उमेदवार जनजाति उठाउँदा बढी मत पाउने सम्भावना हुन्छ । त्यसैले प्रायः जनजाति नेता नै उम्मेदवारका रूपमा चर्चामा छन् ।

मञ्जु भण्डारी हाल उपमेयर रहेकाले मुख्य चर्चामा छिन् । उनी ४० वर्ष पनि पुगेकी छैनन् । मेयर तारा सुब्बाको निधन भएपछि कार्यवाहक मेयर समेत भइसकेकाले उनको नाम स्वाभाविक रूपमा चर्चामा आएको छ ।

कार्यबाहक मेयर समेत भएर गरेको कामको मूल्यांकन पार्टीले गर्नुपर्ने उनी बताउँछिन् । उनी पार्टीको केन्द्रीय सदस्य हुन् भने जयकुमार राई प्रदेश कमिटीका सचिवालय सदस्य हुन् ।

यस्तै मेयरका आकांक्षीका रूपमा विजय राईको नाम पनि चर्चामा छ । उनले झलनाथ खनाल प्रधानमन्त्री भएका बेला सचिवालयमा रहेर काम गरेका थिए ।

एमाले छाडेर अशोक राईले खोलेको पार्टीमा गएका उनी पछि डा. विजय सुब्बा लगायतका नेता एमालेमा फर्किँदा सँगै फर्किएका थिए । उनी हाल प्रदेश कमिटी सदस्य छन् ।

एमालेमै मोतीराज सुनुवारको समेत नाम चर्चा रहेको छ । उनी प्रदेश कमिटी सदस्य हुन् । 

यस्तै नारायण सुवेदीको नाम पनि चर्चामै छ । नेकपा हुँदा उनी नगर कमिटी अध्यक्ष थिए भने अहिले नगर इञ्चार्ज छन् । 

पूर्व उपमेयर मीन सुब्बा र पूर्व मेयर मनोज मेन्याङ्वोले पनि मेयरको उम्मेदवार बन्न चासो देखाएको चर्चा एमाले वृत्तमा हुने गरेको छ ।

कांग्रेसका आकांक्षी

कांग्रेसबाट बहालवाला मेयर तिलक राईकै नाम बढी चर्चामा छ । धरानको विकास गर्नका लागि पनि पूरा कार्यकाल मेयर चलाउन पाउनुपर्ने उनको दाबी छ ।

राई पछिल्लो समय पार्टीको आन्तरिक गुटउपगुटमा कतै खुलेका छैनन् ।

१४ औँ महाधिवेशनमा क्षेत्रीय सभापतिमा संस्थापन पक्षबाट उम्मेदवार बन्ने चर्चा भएपनि अन्तिम दिन उनले उम्मेदवार नउठ्ने बताएका थिए । 

त्यसपछि लक्ष्मी खतिवडालाई उम्मेदवार बनाइएको थियो ।

संस्थापन पक्षका नेताहरू आफूसँग रुष्ट भएपछि उनीहरूलाई फकाउन उनले केही दिनअघि धरान स्थापनाको १ सय २१ वर्ष पुगेको उपलक्ष्यमा मनाइएको (धरान डे) कार्यक्रममा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई बोलाएका थिए ।

एमालेको लालकिल्ला तोडेको उम्मेदवार भएकाले कांग्रेसबाट मेयर राई नै उम्मेदवार बन्ने चर्चा छ । सुनसरीका दुई उपमहानगरमध्ये एक संस्थापन र एक संस्थापन इतरका नेताले पाउने आंकलन छ । 

कांग्रेसबाट मेयर राईका अलावा सुजेन्द्र गोले, किशोर राई र श्याम पोखरेलको नाम पनि चर्चामा छ । पोखरेल नगर सभापति हुन् ।

माओवादी र एकीकृत समाजवादी

माओवादी केन्द्रबाट मेयरको सम्भावित उम्मेदवारका रूपमा नगर इन्चार्ज समेत रहेका पक्वहाङ लिम्बू (चोत्लुङ) र आइन्द्रविक्रम बेघाको नाम चर्चामा छ । गत चुनावमा समेत बेघा मेयरको उम्मेदवार थिए । 

यता एकीकृत समाजवादीले पनि धरानको मेयरमा उम्मेदवारी दिने दाबी गरेको छ । 

धरानका सबै वडामा कमिटी बनिसकेकाले आफ्नो पार्टीको पनि उम्मेदवार हुने पार्टीका केन्द्रीय सदस्य समेत रहेका सुनसरीका सह–इञ्चार्ज जीवन राईले बताए ।

गठबन्धन बने आफ्नो पार्टीको निर्णायक मत हुने उनको दाबी छ । विशेष गरी माओवादी, एस र जसपा भने चुनावी गठबन्धन कसरी बन्छ भन्ने जोडघटाउमा छन् ।

साख जोगाउने र फर्काउने कोशिशमा कांग्रेस–एमाले

धरानमा गुमेको साख फर्काउने रणनीतिमा एमाले लागिपरेको छ ।

कांग्रेसले आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरिसकेकाले एमालेले थप चुनौतीको सामना पनि गर्नुपर्ने हुन सक्छ । त्यस्तो अवस्थामा निकै ठूलो मेहनत गर्नुपर्ने एमाले सुनसरीका एक नेताले बताए ।

उपमेयर अन्य पार्टीलाई दिएर मेयर जित्ने दाउमा कांग्रेस देखिन्छ । गठबन्धन गर्दा उपमेयरसहित केही वडाध्यक्ष गुमाउनुपर्ने र नगर्दा मेयर नै चिप्लिने डरमा कांग्रेस छ । 

* (ब्यानरमा असावधानीवश असम्बन्धित तस्वीर पर्न गएकाले सच्च्याइएको छ ।)

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x