
भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटपछि छिमेक सम्बन्ध अझ बलियो बनाउनेमा विश्वस्त रहेको जनाएका छन् ।
भेटपछि सामाजिक सञ्जाल ट्विटरमा लेख्दै विदेशमन्त्री जयशंकरले खुशी व्यक्त गरेका छन् ।
उनले नेपाली भाषामै ट्विट गर्दै लेखेका छन्, ‘भारतको औपचारिक भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूसँग शिष्टाचार भेटवार्ता गर्न पाउँदा खुशी लागेको छ । यो भ्रमणले हामीबीचको निकट छिमेक सम्बन्धलाई अझ बलियो बनाउने कुरामा विश्वस्त छु ।’
प्रधानमन्त्री देउवा ३ दिनको भ्रमणका क्रममा भारतको राजधानी नयाँदिल्लीमा छन् ।
भारतको औपचारिक भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूसँग शिष्टाचार भेटवार्ता गर्न पाउँदा खुशी लागेको छ।
— Dr. S. Jaishankar (@DrSJaishankar) April 1, 2022
यो भ्रमणले हामीबीचको निकट छिमेक सम्बन्धलाई अझ बलियो बनाउने कुरामा विश्वस्त छु। https://t.co/GTptX3XtSh