१० साउन २०८३, आइतबार

देउवासँगको भेटपछि भारतीय विदेशमन्त्रीले भने –सम्बन्धलाई अझ बलियो बनाउनेमा विश्वस्त छु

देउवासँगको भेटपछि भारतीय विदेशमन्त्रीले भने –सम्बन्धलाई अझ बलियो बनाउनेमा विश्वस्त छु

भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटपछि छिमेक सम्बन्ध अझ बलियो बनाउनेमा विश्वस्त रहेको जनाएका छन् ।

भेटपछि सामाजिक सञ्जाल ट्विटरमा लेख्दै विदेशमन्त्री जयशंकरले खुशी व्यक्त गरेका छन् ।

उनले नेपाली भाषामै ट्विट गर्दै लेखेका छन्, ‘भारतको औपचारिक भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूसँग शिष्टाचार भेटवार्ता गर्न पाउँदा खुशी लागेको छ । यो भ्रमणले हामीबीचको निकट छिमेक सम्बन्धलाई अझ बलियो बनाउने कुरामा विश्वस्त छु ।’

प्रधानमन्त्री देउवा ३ दिनको भ्रमणका क्रममा भारतको राजधानी नयाँदिल्लीमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्