२८ जेठ २०८३, बिहीबार

युक्रेनमा घुसेका रुसी सैनिकले कुकुरको मासु खाएको अडियो भाइरल !

चैत १९, २०७८
युक्रेनमा घुसेका रुसी सैनिकले कुकुरको मासु खाएको अडियो भाइरल !
प्रतिकात्मक तस्वीर

रुस–युक्रेन युद्धबीच अडियो भाइरल भएको छ, जसमा रुसी सैनिकले कुकुरको मासु खानुपरेको उल्लेख छ ।

डेलीमेलमा प्रकाशित रिपोर्टअनुसार सैनिकका परिवारले खानाबारे सोधपुछ गर्दा कुकुरको मासु खाएको जवाफ दिइएको छ ।

युक्रेनको किभबाट जारी भएको टेलिफोन अडियोमा रुसी सैनिकले खाद्यान्न सुविधाबारे गुनासो गरेका छन् ।

अडियोमा रुसी सैनिकलाई सोधिएको छ, ‘के तिमीले ठीकसँग खाइरहेका छौ ?’ सैनिकले जवाफ दिएका छन्, ‘हामीले एक कुकुर खायौं ।’ 

परिवारको तर्फबाट फेरि सोधिएको छ, ‘तिमीले कुकुर या केही अरु खायौ ?’ सैनिकले भन्छन्, ‘हामीले हिजो कुकुर खायौं, हामीलाई केही मासु चाहिएको थियो ।’

अडियोमा रुसी सैनिकले १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको कुरा समेत उल्लेख छ । ती रुसी सैनिकले आफ्ना ३ जना सहकर्मीले किशोरीमाथि करणी गरेको उल्लेख गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्