२२ जेठ २०८३, शुक्रबार

एमबीबीएस प्रवेश परीक्षामा ३४ हजार विद्यार्थी

एमबीबीएस प्रवेश परीक्षामा ३४ हजार विद्यार्थी
प्रतिकात्मक तस्वीर

चिकित्सा शिक्षा आयोगले शुरू गरेको स्नातक तहको एकीकृत एमबीबीएस प्रवेश परीक्षामा ३४ हजार ६६५ जनाले आवेदन दिएका छन् ।

३ दिनसम्म चल्ने परीक्षाको पहिलो दिन १९ हजार ५०८ जना सहभागी थिए ।
 
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शुक्रवार भएको परीक्षाको निरीक्षण गर्दै परीक्षामा कुनै प्रश्न उठ्ने वातावरण सिर्जना नगर्न निर्देशन दिए । मन्त्री पौडेल नेपाली सेनाको शिक्षण अस्पताल र हेराल्ड अन्तर्राष्ट्रिय कलेजमा निरीक्षणमा गएका थिए ।

परीक्षाका लागि १११ परीक्षा केन्द्र तोकिएको आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्