०८ असार २०८३, सोमबार

आयल निगम र पेट्रोलियम व्यवसायीबीच वार्ता, समस्या समाधान गर्न ठोस निष्कर्ष निकालिने

आयल निगम र पेट्रोलियम व्यवसायीबीच वार्ता, समस्या समाधान गर्न ठोस निष्कर्ष निकालिने
फाइल तस्वीर।

आयल निगम र पेट्रोलियम व्यवसायीबीच आज साँझ ६ बजेदेखि वार्ता जारी छ । साढे एक घण्टादेखि जारी वार्ता अझै निष्कर्षमा भने पुग्न सकेको छैन । 

निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र गोइतको नेतृत्वमा निगम र पेट्रोलियम डिलर्स एसोसियसनबीच वार्ता भइरहेको छ । 

सकभर आजै समस्या समाधानका लागि ठोस निष्कर्ष निकाल्ने तयारी छ ।  ‘आशा छ, आजै सहमति हुनेछ,’ निगमका सहप्रवक्ता पुष्कर कार्कीले लोकान्तरलाई भने । 

कमिसन र भाडा बढाउनुपर्ने माग गर्दै पेट्रोलियम व्यवसायीहरू आन्दोलित छन् । ढुवानी व्यवसायीले पनि आफ्ना माग पूरा नहुँदासम्म ढुवानी नगर्ने जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्