२२ जेठ २०८३, शुक्रबार

देश चिनाउने माध्यम खेलकुद : मन्त्री आले

देश चिनाउने माध्यम खेलकुद : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देशलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने माध्यम खेलकुद भएको बताएका छन्। आज बाराको सिमरामा आयोजना गरिएको १२ औँ जीतपुर सिमरा गोल्डकप २०७८ को समापन समारोहमा मन्त्री आलेले देशको नामलाई विश्वव्यापी रुपमा चिनाउन र नागरिक निरोगी हुन खेलकुदको ठूलो महत्व रहेको बताएका हुन् । 

उनले विभिन्न देश खेलकुदका माध्यमबाट संसारमा चिनिएका दृष्टान्त प्रस्तुत गर्दै मुलुकमा खेलकुदको विकासका लागि उचित नीति र वातावरणको आवश्यकतामा जोड दिए । मन्त्री आलेले भारत क्रिकेट खेलकै कारण विश्वभर चिनिएकाले हाम्रो देश नेपाल पनि खेलकुदकै कारण संसारमा चिनाउन आवश्यक रहेकाे बताए । संसारका ठूला अनुसन्धानहरुले पनि स्वस्थ्य मानव जीवनका लागि खेलकुद नै ठूलो स्रोत भएको देखाएका उनले उल्लेख गरे । 

त्यस कार्यक्रममा मन्त्री आलेले सिमरा सङगसाला जाने बाटो साँघुरो भएको र यातयातका साधन आवतजावतमा पनि समस्या भएकाले नागरिक उड्डयन प्राधिकरणसँग सल्लाह गरी बाटो फराकिलो बनाउनका लागि पहल गर्ने आश्वासन समेत दिए । 

salt training

कमेन्ट गर्नुहोस्