११ साउन २०८३, सोमबार

आर्थिक संकटमा गुज्रिएको श्रीलंकामा ३६ घण्टासम्म कर्फ्यु घोषणा

चैत २०, २०७८
आर्थिक संकटमा गुज्रिएको श्रीलंकामा ३६ घण्टासम्म कर्फ्यु घोषणा

श्रीलंकामा ३६ घण्टाका लागि देशव्यापी कर्फ्यू जारी भएको छ ।

आर्थिक मन्दीका कारण अस्थिरता र अशान्ति बढिरहेका बेला सरकारले कर्फ्यू घोषणा गरेको हो ।

राष्ट्रपतिलाई दिइएको अधिकारअन्तर्गत स्थानीय समयअनुसार शनिवार साँझ ६ बजेदेखि सोमवार बिहान ६ बजेसम्मका लागि देशव्यापी कर्फ्यू लगाइएको सरकारको सूचना विभागले एक विज्ञप्तिमा भनेको छ ।

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले बढ्दो अशान्तिलाई सम्बोधन गर्न कडा कानुन लगाउनु पर्ने बताउँदै आएका छन् । सरकारले शुक्रवारदेखि नै आपतकाल घोषणा गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्