०८ साउन २०८३, शुक्रबार

देउवा बनारस जाँदै, आजै स्वदेश फर्किने

देउवा बनारस जाँदै, आजै स्वदेश फर्किने

शुक्रबारदेखि भारत भ्रमणमा गएका प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान उत्तर प्रदेशको धार्मिकस्थल बनारस जाँदै छन् । देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने कार्यक्रम तय भएको छ । त्यहाँ देउवाले काशी विश्वनाथको मन्दिर दर्शन गर्नेछन् । देउवाले दिल्लीको भेटवार्ता भने सकिसकेका छन् । 

भारत सरकारले विशेष विमानबाट देउवालाई बनारस लैजाने-ल्याउने व्यवस्था मिलाएको छ । देउवा तीन दिने भ्रमणका लागि गत शुक्रबार भारत गएका थिए । उनी आज साँझ काठमाडौं फर्कनेछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्