रुस-युक्रेन युद्धका बीच बुचा सहरकाे सडकमा कम्तीमा २० सर्वसाधारणको शव फेला परेको समाचार छ ।
किभनजिकैको बुचा सहरकाे सडकमा शव फेला परेको हो । फेला परेका सबै शव पुरुषहरूको रहेको बताइएको छ ।
शवहरू राजधानीको उत्तरपश्चिमको आवासीय सडकमा छरिएका थिए । मृतकमध्ये एक जनाको टाउकोमा ठूलो चोट लागेको देखिएको समाचारमा जनाइएको छ । तर, उनीहरुको मृत्युको कारण प्रस्ट हुन सकेको छैन ।
बुचा अहिले आफ्नो नियन्त्रणमै रहेको युक्रेनी सेनाले जनाएको छ ।