अन्तर्राष्ट्रिय बजारमा पेट्रोल तथा डिजेलको मूल्य लगातार बढिरहेको छ ।
भारतमा मात्रै पेट्रोलको मूल्य १३ दिनमा ८ रुपैयाँ प्रतिलिटर बढेको छ ।
भारतीय तेल कम्पनीले आज (आइतवार) दिल्लीमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८० पैसा भारु बढाएका छन् ।
इन्डियन आयल कर्पोरेशनका अनुसार मुम्बईमा पेट्रोल १ सय १८ रुपैयाँ प्रति लिटर पुगेको छ भने डिजेलको मूल्य १ सय २ रुपैयाँ प्रति लिटर पुगेको छ ।
यस्तै दिल्लीमा एक लिटर पेट्रोलको मूल्य १०३.४१ भारु पुगेको छ भने डिजेलको मूल्य प्रति लिटर ९५ भारु पुगेको छ ।
भारतीय बजारमा पछिल्लो १३ दिनमा ११ पटक पेट्रोलको मूल्य बढेको छ ।
२२ मार्चदेखि ३ अप्रिल (आज)सम्ममा ११ पटक पेट्रोल तथा डिजेलको मूल्य बढेको हो ।