
युक्रेनको राजधानी किएभबाहिरका क्षेत्रमा युक्रेनी बलहरूले पुनः नियन्त्रण कायम गर्दा स्तब्ध बनाउने दृश्यहरू देखिएका छन् ।
राजधानी बासहर रहेको सानो नगर बुकाका सडकमा अनेकौं लाशहरू सडकमा राखिएका छन् । ती युक्रेनी नागरिक र रुसी सैनिक दुवैका लाश हुन् ।
एएफपी समाचार संस्थाका पत्रकारहरूले एउटा सडकमा कम्तीमा २० वटा लाश देखेका छन् । ६ जना नागरिकको लाश सडक तथा भवनअगाडिको भागमा राखिएको छ ।
‘यी मानिसहरू हिँडिरहेका थिए र उनीहरूले तिनलाई विन कारण गोली हाने,’ बुकाका एक निवासीले एपीलाई बताए । रुसी सैनिकहरूले नगर छोडेर जाँदै गर्दा जथाभावी हत्या गरेको उनको भनाइ छ ।
बुकाका मेयर एनातोली फेदोरुकले नगरका सामूहिक चिहानमा कम्तीमा २८० वटा लाश रहेको बताएका छन् ।
युक्रेनी अधिकारीहरू लाशको तस्वीर देखेर आक्रोशित छन् । सामाजिक सञ्जालमा लाशहरूको तस्वीर व्यापक फैलिएको छ ।