०३ असार २०८३, बुधबार

३० अंकले घट्यो शेयर बजार, लघुवित्तका लगानीकर्ताले धेरै कमाउँदा यी कम्पनीले गुमाए

३० अंकले घट्यो शेयर बजार, लघुवित्तका लगानीकर्ताले धेरै कमाउँदा यी कम्पनीले गुमाए

साताको पहिलो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

यस दिन नेप्से परिसूचक ३०.८९ अंकले घट्दै २५१३.४१ विन्दुमा कायम भएको छ ।

यस दिन सेन्सेटिभ सूचक ६.४४ अंकले घटेर ४६९.०३ विन्दुमा कायम भएको छ ।

यस दिन कुल २ सय २५ कम्पनीको ३२ लाख ५३ हजार ८१६ कित्ता शेयर १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७२९ रुपैयाँमा किनबेच भएको छ ।

आइतवार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको हो । यस दिन २८ हजार ११३ पटक कारोबार भएको छ ।

यसदिन लघुवित्ततर्फ लगानीकर्ताको आकर्षण देखिएको छ ।

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । 

यस्तै इमर्जिङ नेपाल लिमिटेड र नेष्डो लघुवित्त समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।

यस दिन जलविद्युततर्फका लगानीकर्ताले सर्वाधिक धेरै गुमाएका छन् । 

युनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आइतवार सर्वाधिक बढी ५.०२ प्रतिशतले घटेको छ ।

यस्तै सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य ५.०१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आइतवार सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर सर्वाधिक बढी ९ करोड ७२ लाख ५१ हजार २ सय ६९ रुपैयाँमा कारोबार भएको छ । 

यस्तै सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको ५ करोड १ लाख २९ हजार १७५ रुपैयाँको शेयर किनबेच भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्