
पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार सार्वजनिक गरेको विवरणअनुसार ६ हजार ९०९ जनामा परीक्षण गर्दा २३ संक्रमित फेला परेका हुन् ।
कोरोना निको भएर ६६ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । आइतवार देशभर सक्रिय संक्रमितको संख्या ८९९ रहेको छ ।
कोरोना निको हुने दर ९८.७ प्रतिशत रहेको जनाइएको छ ।