
पर्साको वीरगन्जमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले शक्ति प्रदर्शन गरेको छ । वीरगन्ज महानगर क्षेत्रमा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोको उपस्थितिमा आइतबार शक्ति प्रदर्शन गरिएको हो ।
‘स्वाभिमान यात्रा (रोड शो)’ नाम दिइएको कार्यक्रममा स्वाभिमान सभा समेत गरिएको थियो । स्थानीय चुनावको मिति नजिकिएसँगै लोसपाले मधेसका जिल्लाहरुमा चुनाव केन्द्रीत कार्यक्रम गर्दै आएको छ ।



