×

NIC ASIA

चेन्नईको लगातार तेस्रो हार, पन्जाबको दोस्रो जीत

चैत २१, २०७८

Prabhu Bank
NTC
Premier Steels

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्सले लगातार तेस्रो हार व्यहोरेको छ ।

Muktinath Bank

मुम्बईमा आइतवार राति पन्जाब किङ्ससँग ५४ रनले पराजित हुँदै चेन्नईले तेस्रो हार व्यहोरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पन्जाबले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभरमा अलआउट हुँदै १ सय २६ रन मात्र बनाउन सक्यो ।


Advertisment
Nabil box
Kumari

चेन्नईका शिवम डुबेले सर्वाधिक ५७ रनको अर्धशतकीय इनिङ्स खेले । रोबिन उथप्पा र अम्बाती रायडु समान १३ रनमा आउट हुँदा कप्तान रविन्द्र जडेजा शून्य रनमा आउट भए ।

Vianet communication

महेन्द्र सिंह धोनीले २३ रन बनाए ।

पन्जाबका राहुल चाहरले ३ तथा लियाम लिभिङस्टोन र भैबब अरोराले २/२ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो ।

पन्जाबका लागि लियाम लिभिङस्टोनले ६० रनको अर्धशतकीय इनिङ्स खेले । शिखर धवनले ३३ तथा जितेश शर्माले २६ रन बनाए ।

चेन्नईका क्रिस जोर्डन र ड्वाने प्रिटोरिउसले २/२ विकेट लिए ।

यस जीतसँगै पन्जाबले तीन खेलमा दोस्रो जित निकालेको छ । पन्जाबले ३ खेमा ४ अंक जोडेको छ ।

चेन्नईले ३ खेलमा अंक जोड्न सकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x