०९ असार २०८३, मंगलबार

प्रथम शहीदबारे एमाले अध्यक्ष ओलीको भनाइप्रति मगर संघको आपत्ति

प्रथम शहीदबारे एमाले अध्यक्ष ओलीको भनाइप्रति मगर संघको आपत्ति

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रथम शहीदका विषयमा दिएको अभिव्यक्तिलाई लिएर मगर संघ रुपन्देहीले आपत्ति जनाएको छ ।

अध्यक्ष ओलीले गत हप्ता काठमाडौंमा नेपालका प्रथम शहीद लखन थापा मगर नभई अछामका बलदेव शाही उर्फ बाँकावीर हुन् भन्ने अभिव्यक्ति दिएका थिए ।

मगर संघ जिल्ला समिति रुपन्देहीले भनाइको घोर भत्र्सनासहित विरोध जनाएको छ ।

नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दलबहादुर वीरकट्टा मगरले ओलीले सार्वजनिक रूपमा तत्काल भनाइ फिर्ता लिनुपर्ने माग गरे । ओलीले अभिव्यक्ति फिर्ता नलिए देशैभरका मगरहरू मगर संघको आह्वानमा सशक्त रूपमा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

‘विक्रम संवत् २०५६ सालमा शहीद र विक्रम संवत् २०७२ असोज २ गतेको मन्त्रिपरिषद्को निर्णयले प्रथम शहीद घोषणा गरिसकेको अवस्थामा प्रथम शहीद होइन भन्नु गैरजिम्मेवार, असंवैधानिक र साम्प्रदायिकताबाट प्रेरित छ,’ वीरकट्टाले भने । 

मगर संघ जिल्ला समिति रुपन्देहीका जिल्ला अध्यक्ष आनबहादुर सोतीमगर, सचिव थर्कबहादुर बारघरे मगरले ओलीको अभिव्यक्ति संविधानप्रदत राज्यले गरेको निर्णयप्रतिको ठाडो चुनौती र बर्खिलाप भएको धारणा व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्