२८ असार २०८३, आइतबार

हङकङ गएका वडा अध्यक्ष फेरि वडाअध्यक्ष बन्न गाउँ फर्किए

हङकङ गएका वडा अध्यक्ष फेरि वडाअध्यक्ष बन्न गाउँ फर्किए

मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रुद्रसिङ लिङ्देन फेरि वडा अध्यक्ष हुन हङकङबाट आफ्नै पालिकामा फर्केका छन् ।

२०७७  कात्तिकमा उनी तीन महिनाको बिदा लिएर हिँडेका थिए । तीन महिनाको बिरामी बिदा जनाएर हङकङ गएका लिङ्देन स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि फर्केका हुन् । 

वडा सदस्य चन्द्र प्रसाद धमलालाई कार्यवाहक जिम्मा लगाएर गएका थिए । १८ महिना सकिन लाग्दा जिम्मेवारी समाल्न कार्यालयमा आएको कार्यवाहक वडा अध्यक्ष धमलाले बताए । लिङ्देनले भोलिदेखि मात्रै आफ्नो जिम्मेवारी समाल्ने भएका छन् । 

यता वडा अध्यक्ष लिङ्देनले भने बिरामी भएको र उपचारका लागि हङकङ गएको बताएका छन् ।

तीन महिनाका लागि बिदा मागेर गए पनि कोभिडका कारण आउन ढिलाइ भएको उनले दाबी गरे । जनताले वडा अध्यक्षमा तपाई पुन उठ्नुपर्छ भने पछि नहट्ने समेत बताए । उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । 

उनी हङकङ गएको बेलाको सेवा सुविधा भने रोकिएको थियो । गाउँपालिकाका लेखा अधिकृत डिक बहादुर सोडारीका अनुसार वडा अध्यक्षको सेवा सुविधा कार्यवाहक वडा अध्यक्ष धमलालाई दिने गरिएको थियो । 

उनी उपचार गर्न भने पनि वैदेशिक रोजगारीमा गएको एक आफन्तले बताए । ती आफन्तका अनुसार लिङ्देनले वडामा गएर भोट माग्न समेत थालिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्