०९ असार २०८३, मंगलबार

शरणार्थीलाई निःशुल्क आवास दिन कम्पनीका मालिकले किने १ करोड ५६ लाखमा घर

चैत २३, २०७८
शरणार्थीलाई निःशुल्क आवास दिन कम्पनीका मालिकले किने १ करोड ५६ लाखमा घर

रुस–युक्रेन युद्ध चलिरहेका बेला शरणार्थी भएका युक्रेनीको आवासका लागि एक कम्पनीका मालिकले १ करोड ५६ लाखमा घर किनेका छन् ।

डेलीमेलमा प्रकाशित रिपोर्टअनुसार ५० वर्षीय जेमी ह्युजसले घर किनेर शरणार्थीका लागि निःशुल्क आवासको प्रबन्ध मिलाएका छन् । उनले ब्रिटेनको नर्थ वेस्टनजिक व्रेक्सहेममा घर किनेका हुन् ।

उनले २१ वर्षको उमेरमा टेलिकम कम्पनी शुरू गरेका थिए । उनी शुरूदेखि नै असहायलाई सहयोग गर्ने स्वभावका थिए ।

युद्धका बेला लाखौं व्यक्ति घर छाडेर बेघर भएको देख्दा उनले सहयोग गर्ने चाहनाअनुसार घर खरिद गरेका रिपोर्टमा उल्लेख छ । घरमा बसेबापत शरणार्थीले कुनै शुल्क तिर्नुपर्ने छैन ।

जेमीले शुरूमा नयाँ घर बनाउने बारेमा सोचेका थिए तर त्यसमा धेरै समय लाग्ने भएकाले उनले बनेकै घर किनेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्