२० असार २०८३, शनिबार

कांग्रेसको टिकट सिफारिसबारे छलफल हुँदा कुटाकुट, गाउँपालिका अध्यक्ष घाइते

कांग्रेसको टिकट सिफारिसबारे छलफल हुँदा कुटाकुट, गाउँपालिका अध्यक्ष घाइते
प्रतिकात्मक तस्वीर

धादिङको खनियाबास गाउँपालिका–३ बच्छलामा गाउँपालिका अध्यक्षमाथि आक्रमण भएको छ ।

नेपाली कांग्रेसबाट वडाध्यक्षको टिकट सिफारिस गर्न छलफल भइरहेको समयमा कांग्रेसका प्रदेश क्षेत्रीय सभापति समेत रहेका गाउँपालिका अध्यक्ष रणबहादुर तामाङमाथि आक्रमण भएको हो ।

कांग्रेसका कार्यकर्ता राजु पाख्रिनको समूहले आक्रमण गरेको अध्यक्ष तामाङले आरोप लगाए ।

पाख्रिन र अध्यक्ष तामाङबीच टिकटका विषयमा विवाद भएको बताइएको छ । घाइते तामाङको सत्यदेवी स्वास्थ्य चौकीमा उपचार गरिएको छ ।

आरोपित पाख्रिनलाई मंगलवार राति दार्खा प्रहरी चौकीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्