११ साउन २०८३, सोमबार

महानगरको मेयरमा उठ्ने चर्चा रहेका पूर्वमन्त्री अटोरिक्सामा घरदैलो

महानगरको मेयरमा उठ्ने चर्चा रहेका पूर्वमन्त्री अटोरिक्सामा घरदैलो

विराटनगर महानगरपालिका मेयरको सम्भावित उम्मेदवारको रुपमा चर्चा गरिएका नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डित पार्टीको प्रचारका लागि घरदैलो अभियानमा सक्रिय बनेका छन् । 

बुधवार पनि पण्डित विराटनगर महानगरपालिकाको वडा नम्बर ४ मा घरदैलो कार्यक्रममा सहभागी भएका थिए । पूर्वमन्त्री पण्डितले आफैं अटो रिक्सा चलाएको तस्वीर फेसबुकमा राखेका छन् । 

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विराटनगरमा एमालेले ‘हेवी वेट’ नेतालाई उम्मेदवार बनाउने तयारी गरेको छ । 

यसअघि २०७४ सालको चुनावमा कांग्रेसले जितेको विराटनगर महानगरको नतिजा उल्टाउने एमालेको दाउ छ । कांग्रेसको तर्फबाट प्रतिनिधि सभाकी सदस्य डा. डिला संग्रौलाको पनि मेयरमा उठ्ने चर्चा छ ।

एमालेका नेताहरूले मेयरको चर्चा गरे पनि लालबाबुले यसबारे मुख खोलेका छैनन् । नेकपा एमालेले केन्द्रीय नेताहरूलाई स्थानीय तहको चुनावी अभियानमा खटाएको छ । 

स्थानीय तहमा जिताएको आधारमा प्रतिनिधि सभामा टिकट वितरण गर्ने एमाले अध्यक्ष केपी ओलीले संसदीय दलको बैठकमा बताएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्