
तृणमूल कांग्रेस सांसद महुआ मोइत्राले नवरात्रिमा मासु प्रतिबन्धबारे आफ्नो धारणा प्रस्तुत गरेकी छन् ।
भारतको संविधानले आफूले चाहेको बेला मासु खान पाउने अधिकार दिएको उनले बताएकी छन् ।
यस विषयमा उनले ट्विट गरेकी छिन्, ‘म दक्षिण दिल्लीमा बस्छु । संविधानले मासु खाने अनुमति दिएको छ । साथै मासु पसल खोल्ने स्वतन्त्रता पनि दिन्छ । पूर्ण विराम ।'
दक्षिण दिल्ली नगर निगमका मेयर मुकेश सूर्यनले नवरात्रिको समयमा नगर निगम क्षेत्रमा मासु पसलहरू बन्द गर्न माग गरेपछि उनको यस्तो अभिव्यक्ति आएको हो।
दक्षिण दिल्लीका मेयर मुकेश सूर्यनले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पत्र लेखेर नवरात्रिको समयमा रक्सीमा दिइएको छुट फिर्ता लिन र सम्भव भए ९ दिनसम्म मदिरा बिक्री बन्द गर्न आग्रह गरेका छन् ।
यसैबीच दक्षिण दिल्ली नगर निगमले अप्रिल २ देखि ११ अप्रिलसम्म मनाइने नवरात्रि पर्वमा मासु पसलहरू बन्द गर्न सम्बन्धित अधिकारीहरूलाई आदेशसमेत दिएको छ ।
मुकेशले भने- हामी सबै मासु पसल कडाइका साथ बन्द गर्नेछौं। न त मासु बेचिने छ, न जनताले खान पाउनेछन् ।
पूर्वी दिल्ली नगर निगमले पनि नवरात्रिको अन्तिम तीन दिन अर्थात् सप्तमी (सातौं दिन), अष्टमी (आठौं दिन) र नवमी (नवौं दिन) मा मासु पसलहरू बन्द गर्ने घोषणा गरेको छ ।