०७ असार २०८३, आइतबार

बाइडनलाई ह्वाइट हाउसमा नै कसैले दिएन भाउ (भिडियो)

चैत २३, २०७८
बाइडनलाई ह्वाइट हाउसमा नै कसैले दिएन भाउ (भिडियो)

अमेरिकाका राष्ट्रपति जो बाइडन ह्वाइट हाउसमा आयोजित समारोहमा अलमल्ल परेर भौंतारिएको एउटा भिडियो सार्वजनिक भएको छ । 

पूर्व राष्ट्रपति बाराक ओबामा ह्वाइट हाउस पुग्दा उनका प्रशंसकहरू खुरुरु उनीनजिक पुगेको अनि बाइडनलाई बेवास्ता गरेको भिडियोमा देखिन्छ । 

आफूलाई भीडले बेवास्ता गरेपछि बाइडनले हात उठाएर निराशा व्यक्त गरेका थिए । 

सर्वसुलभ स्वास्थ्य सेवा अर्थात् ओबामाकेयर शुरू गरेको १२ वर्ष पुगेको अवसरमा ओबामा ह्वाइट हाउस पुगेका थिए । 

बाइडनलाई मानिसहरूले बेवास्ता गरेर ओबामातर्फ ओइरिनुअघि चाहिँ दुई नेताले एकअर्काको प्रशंसा गरेका थिए । ओबामाको कार्यकालको स्मरण गर्दै उनीहरूले रमाइलो गरेका थिए । ओबामा राष्ट्रपति हुँदा बाइडन उपराष्ट्रपति थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्