
शिवम् सिमेन्ट्स लिमिटेडका सञ्चालक डा. सुरेन्द्र कुमार गोयल नेपाल व्यवस्थापन संघको कार्यकारी बोर्डको प्रथम उप–सभापतिमा निर्विरोध चयन भएका छन् ।
बुधवार बसेको संघको कार्यकारी बोर्डको बैठकले डा. गोयललाई निर्विरोध चयन गरेको हो ।
संघको गत चैत २६ गते सम्पन्न भएको ४१ औं वार्षिक साधारण सभाको निर्वाचनबाट संस्थागत समूह तर्पmबाट शिवम् सिमेन्ट सहित ६ जना र व्यक्तिगत समूह तर्फबाट ११ जना गरी १७ जना बोर्ड सदस्यमा निर्वाचित भएका थिए ।
निर्वाचित बोर्ड सदस्यहरु मध्येबाट उपेन्द्र पौड्याल अध्यक्षमा र डा. गोयल प्रथम उप–सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।
यस अघि सन २०२० मा भएको निर्वाचनमा समेत शिवम् सिमेन्ट संस्थागत समूहतर्फको प्रतिनिधित्व गर्दै नेपाल व्यवस्थापन संघको कार्यकारी बोर्डको सदस्य पदमा निर्वाचित भएको थियो ।