
द्वन्द्व व्यवस्थापन शान्ति तथा विकास प्रतिष्ठानको अध्यक्षमा संरक्षणविद् अरुप रजौरिया निर्वाचित भएका छन् । हालै सम्पन्न भएको साधारणसभाबाट राजदूतसहित विषय विज्ञहरुलाई सल्लाहकारमा मनोनित समेत गरिएको संस्थाले जनाएको छ ।
संस्थामा मनोनित सल्लाहकारहरुमा नेपालका लागि कतारी राजदूत युसूफ मोहम्मद अल–हैल, एडीबीका डाइरेक्टरसमेत रहिसकेका रोबर्ड डोबाइस, संस्थाका निवर्तमान अध्यक्ष पूर्णकान्त अधिकारी रहेका छन् ।
यस्तै कार्यसमितिको उपाध्यक्षमा प्रकाशमणि शर्मा भुसाल, महासचिवमा विष्णु प्रसाद भुसाल, कोषाध्यक्षमा हरिराम पौडेल निर्वाचित भएका छन् भने सदस्यहरुमा इला शर्मा, ङमिन्द्रराज दाहाल, उपेन्द्र प्रसाद पौडेल, छाया शर्मा, छिरिङ डोल्कर लामा रहेका छन् ।
तत्कालीन महेन्द्र प्रकृति संरक्षण कोषको सदस्य सचिव तथा संयुक्त राष्ट्र संघको प्रमुख प्राविधिक सल्लाहकारको रुपमा लाओस, म्यामारमा समेतका देशहरुमा महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका नवनिर्वाचित अध्यक्ष रजौरियाले आफ्नो कार्यकालमा जलवायू परिवर्तनबाट खडा भएका मानवीय समस्याहरुलाई सम्वोधन गर्न प्रकृति र मानव सहअस्तित्वको बारेमा अध्ययन अनुषन्धान, पैरवी लगायतका कार्यहरु गरि सहअस्तित्वका प्रकृति मैत्री कार्यक्रम संचालन गर्न जोड दिए । उनले जलवायु परिवर्तनबाट सृजित विवादहरु सहअस्तित्वका आधारमा समाधान गर्न पहल गर्ने पनि बताए ।