माघ १२, २०७९
सर्वोच्च अदालतले दुई वर्ष समयावधि पुगेका कर्मचारीसँग सरुवाका लागि आवेदन माग गरेको छ । सर्वोच्चको प्रशासन शाखाले बुधबार एक सूचनामार्फत दुई वर्ष समयावधि पुगेका कर्मचारीसँग आफू सरुवा हुन चाहेको अदालत–निका...
काठमाडाैं | बैशाख १, २०७९
पूर्व प्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन चुनावबाट भाग्ने ठाउँमा नभएको दावी गरेका छन् ।
बिहीवार नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना दिँदै ओलीले यो वर्ष निर्वाचनको वर्ष भएको र गठबन्धनले जे जति दाउपेच र षड्यन्त्रमा लागेपनि चुनावबाट भाग्न नसक्ने बताएका हुन् ।
'जनादेश नै यस्ता निकम्मा र राष्ट्रहित प्रतिकूल तत्वलाई परास्त र दण्डित गर्ने माध्यम हो,' शुभकामना सन्देशमा भनिएको छ,'ताजा जनादेश' भन्ने शब्द सुन्नासाथ सातो जाने लक्ष्यविहीन यस अराजक समूहका आफ्ना कुनै एजेण्डा छैनन्, कार्यक्रम छैनन् यिनीहरूले आफ्नो "राष्ट्रिय नीति तथा कार्यक्रम"को रुपमा विगतमा हाम्रो पहलमा भएका उपलब्धि र कामको भण्डाफोर गर्ने'लाई अघि बढाएका छन्।'
ओलीले १२ बुँदामा सरकारमाथि विभिन्न आरोप तथा आक्रोशहरू पोखेका छन् ।
शुभकामना सन्देशमा उनले प्रधानमन्त्रीले अराजक अर्थमन्त्रीको दवावमा गभर्नरमाथि गैरकानूनी रुपमा कारबाही गरेर गलत कदम चालेको टिप्पणी गरेका छन् ।
यस्तो छ उनको शुभकामना सन्देश
आज विक्रम संवत् २०७९ को पहिलो दिन अर्थात् वैशाख १ गते यस दिनलाई हामी नेपालीले आफ्नो मौलिक परम्परा अनुरुपको नयाँ वर्षको पहिलो दिनको रुपमा मनाउँदै आएका छौं । यस सुखद् अवसरमा म, स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
गत वर्ष राजनीतिक स्थिरताको दृष्टिकोणबाट सुखद रहेन । केही अवाञ्छित शक्तिहरूका प्रतिगामी उद्देश्य र केही राजनीतिक व्यक्तिहरूको जङ्गली आकाङ्क्षा, कुण्ठा र इर्ष्याकf कारण वर्षदेखि शुरु भएको हाम्रो विकास र समृद्धि तर्फको यात्रामा गम्भीर अवरोध उत्पन्न हुन पुग्यो ।
विसंगति, वेथिति र अस्थिरताका पुराना दूषित खेलको फेरि पुनरावृत्ति भएको छ वितेको वर्षबाट गठबन्धनका नाममा चरम स्वार्थी समूह राज्यशक्तिको दुरुपयोगमा सक्रिय छ व्यवस्थापिका निकम्मा हुन पुगेको छ । कार्यपालिकाको छायाँमुनि न्यायपालिका क्रमशः आफ्नो स्वतन्त्र पहिचान गुमाउँदै छ संवैधानिक विचलन र अराजकताको विकृत उत्पादनको रुपमा जन्माइएको कर्तव्य, लक्ष्य तथा गन्तव्यहीन कार्यपालिका अकर्मण्य मात्रै होइन भ्रष्टाचारमा निर्लिप्त छ केही वर्षयता हामीले सुरु गरेको विकासको राष्ट्रिय बहसको सट्टा अहिले सत्ताशक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्यस्रोतको दोहनमा केन्द्रित हुन पुगेको छ । यतिखेर मुलुक आर्थिक सङ्कट उन्मुख छ । यस सन्दर्भमा विज्ञहरूद्वारा विभिन्न कोणबाट प्रस्तुत आंकडा दोहऱ्याउन आवश्यक ठान्दिनँ । सङ्क्षेपमा :
- हाम्रो नेतृत्वको सरकारले दुरुस्त छोडेको अर्थतन्त्र अहिले भत्किएको छ तर गठबन्धनवालाहरूको ध्यान भने आर्थिक समस्या समाधानमा भन्दा आफ्नै स्वार्थसिद्धिमा केन्द्रित छ ।
– मूल्य वृद्धिदर हाम्रो सरकारको समयमा भन्दा दोब्बर भएको छ । मूल्य अनुगमन नगर्दा जथाभावी मुल्य वृद्धि गर्ने र कृत्रिम अभाव सिर्जना गर्ने काम जारी छ ।
- देशको आयात अनियन्त्रित ढंगले बढेको छ मुलुकको समग्र वाह्य कारोवारको भुक्तानी असन्तुलन भयावह हुदैछ । विदेशी मुद्रा संचितिमा पहिरो गइरहेको छ खाता घाटा र वैदेशिक व्यापार देशले धान्न मुस्किल हुने तहमा पुगिसकेको छ ।
— बैंकिङ प्रणालीबाट बाहिर गएको रकम बैंकमा फर्कन सकेको छैन । तरलताको संकट भयावह हुदैछ । सरकार यसको कारणको खोजीमा होइन, अरुमाथि दोष थोपरेर उम्कन खोजिरहेको छ ।
- गठबन्धन सत्तासीन भएदेखि नै सरकारी वित्त प्रणालीमा अनिश्चयता र अन्योल शुरु भयो प्रदेशको वित्त स्थिति त्यस्तै निराशाजनक हुन पुग्यो ।
- सरकारी नीति संगतिपूर्ण छैनन् सहि राजनीतिक नेतृत्वको अभावमा सरकारी सेवा प्रवाह गर्ने संस्थाहरू अस्तव्यस्त बनेका छन् । उल्टै चुनावी खर्च उठाउने जस्ता निहीत स्वार्थ अनुकूल कर्मचारीतन्त्र परिचालन गर्ने ध्याउन्नमा गठबन्धन सक्रिय देखिन्छ ।
- अर्थप्रणाली गलत र अदृष्य तत्वको हातमा पुगेको छ गठबन्धन सरकार भूमाफिया, काला व्यापारी र तस्करहरूको चंगुल र कमिसनतन्त्रको जालोमा फसेको छ । सरकारकै संरक्षणमा हुण्डी फस्टाएको छ ।
– सरकारले साख गुमाएको छ विकास साझेदारको विश्वास गुम्दैछ । सरकारमाथि व्यवसायिक क्षेत्रको विश्वास गुमेको छ निजी क्षेत्र यो सरकारबाट निराश छ ।
- सरकारी निकायबीच नै समन्वय छैन, सम्पत्ति शुद्धीकरण निवारण गर्नुपर्ने सरकार उल्टो बाटोमा हिंड्दै छ ।
- यो गठबन्धन सत्तासीन भएदेखि अहिलेसम्म एउटा पनि नयाँ परियोजना शुरु भएको छैन । 'मासिक १० प्रतिशतका दरले पूँजीगत खर्च गर्ने' फुटानी लगाउने यो गठबन्धनले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २५ प्रतिशत भन्दा माथि खर्च गर्न सकेको छैन। यसरी अहिले आर्थिक बृद्धि त परै जाओस्, देशको अर्थतन्त्र नै धरासायी हुने हो कि भन्ने चिन्ता व्याप्त छ ।
– तर 'सेटिङ-सिद्धान्तमा विश्वास गर्ने गठबन्धन सरकार विज्ञहरूको सुझाव र प्रतिपक्षी दलको खबरदारीलाई मनन् गर्नुको साटो प्रतिवादमा उत्रिएको छ तथ्याङ्कलाई तोडमोड गरी अर्थतन्त्र "दुरुस्त छ" भन्ने झुठा सूचना प्रवाह गरिरहेको छ ।
— अराजक अर्थमन्त्रीको दवावमा भागबण्डाको 'टेको'मा उभिएका प्रधानमन्त्री स्वयं पनि एकपछि अर्को गलत निर्णय लिइरहेका छन् सबैभन्दा पछिल्लो निर्णयको रुपमा गभर्नरमाथि गैरकानूनी कार्वाही रहेको छ
प्रतिकूलताका बाबजुद वितेको वर्षमा हाम्रो पार्टी नेकपा (एमाले) पुनर्ताजगीका साथ अघि बढेको छ गत असोजमा भएको विधान महाधिवेशन, त्यसपछि भएका वडा र पालिका अधिवेशन, दशौं राष्ट्रिय महाधिवेशन तथा जिल्ला अधिवेशनबाट झण्डै ४ लाख हाम्रा संगठनमा संगठित सदस्यहरूको नेतृत्वमा पार्टी गतिशीलताका साथ अघि बढिरहेको छ । ०७५ जेठ ३ गतेको एकीकरणपछि निस्क्रिय पारिएको हाम्रो पार्टी पंक्ति नयाँ जोशका साथ अघि बढिरहेको छ अहिले देशव्यापी रुपमा हाम्रो पार्टीको पक्षमा अभुतपूर्व जनलहर देखिएको छ विभिन्न पार्टीमा रहेका दिदीबहिनी दाजुभाइहरूको हाम्रो पार्टीमा प्रवेश गर्ने चाहना असाधारण छ ।
हामीले यो लहर र जनचाहनालाई हाम्रो पार्टीको सही नीति र हाम्रो नेतृत्वप्रति जनताको भरोसाको रुपमा लिएका छौं नेतृत्वमा रहेका केही स्वार्थी तत्वले शुरु गरेको पार्टी र आन्दोलनलाई तहसनहस पार्ने प्रायोजित षडयन्त्रलाई जनस्तरबाट परास्त गर्न पार्टीका कार्यकर्ता, सदस्य, समर्थक र शुभेच्छुकहरूले खेलेको सुझबुझपूर्ण भूमिका र दृढतालाई म फेरी एकपटक सलाम गर्छु, उच्च प्रशंसा गर्दछु ।
यो वर्ष निर्वाचनको वर्ष हो गठबन्धनवालाहरू जे जति दाउपेच र षडयन्त्रमा पारङ्गत भए पनि चुनावबाट भाग्ने ठाउँमा छैनन् । जनादेश नै यस्ता निकम्मा र राष्ट्रहित प्रतिकूल तत्वलाई परास्त र दण्डित गर्ने माध्यम हो । ताजा जनादेश' भन्ने शब्द सुन्नासाथ सातो जाने लक्ष्यविहीन यस अराजक समूहका आफ्ना कुनै एजेण्डा छैनन्, कार्यक्रम छैनन् यिनीहरूले आफ्नो "राष्ट्रिय नीति तथा कार्यक्रम"को रुपमा विगतमा हाम्रो पहलमा भएका उपलब्धि र कामको भण्डाफोर गर्ने'लाई अघि बढाएका छन्।
पार्टीमाथि धावा बोलिएको क्षण, आम रुपमा पार्टी कमिटी निष्क्रिय तुल्याइएको बेला, आवश्यक परेको समयमा पार्टीको राजनीतिक नेतृत्वको अभाव रहेको अवस्थामा समेत पार्टी नीति तथा प्रतिवद्धता अनुरुप हाम्रो नेतृत्वमा रहेका स्थानीय तहबाट आधारभूत रुपमा प्रभावकारी काम भयो हाम्रा लागि आसन्न निर्वाचनमा कुनै कृत्रिम एजेण्डाको बैशाखी टेकीरहनु पर्दैन। विगतमा गरेका जनपक्षीय कामका विवरण हाम्रो योग्यता र क्षमताका उदाहरण हुन् गर्न बाँकी र अनुभवबाट खारिएर समाजवादको आधार तयार गर्न हामीले आगामी दिनमा गर्ने कामका प्रतिवद्धता जनताको मन जित्ने हाम्रा आधार हुन् ।
आसन्न निर्वाचनमा प्रकट हुने जनादेश छली, स्वार्थी र जनहित विरोधी प्रतिगामी गठबन्धन कि ताजा जनादेश मार्फत् लोकतान्त्रिक विधिद्वारा सामाजिक सुव्यवस्था र विकासका लागि शासन सञ्चालन गर्न चाहने हाम्रो पार्टीजस्तो अग्रगामी शक्ति, कसलाई छान्ने भन्नेजस्तो देशको भविष्य निर्धारण गर्ने गहन विषयको जनमत संग्रह हुनेछ ।
अहिले पनि विभिन्न बहानामा हिजो स्थानीय तहको निर्वाचन रोक्ने अलोकतान्त्रिक र असंवैधानिक दुस्प्रयासमा असफल रहेका शक्तिहरू चुनाव रोक्ने प्रपञ्च रचिरहेका छन् । हामी खबरदारी गर्न चाहन्छौं, कुनै पनि बहानामा चुनाव रोक्नु लोकतन्त्र विरोधी कुरा हो र यो किमार्थ स्वीकार्य हुन सक्दैन ।
नयाँ बर्षको यस अवसरमा म जनविरोधी र राष्ट्रहीत विपरीत चल्ने स्वार्थी समूहले फैलाउने भ्रामक अफवाह र गलत सूचनाप्रति सबैलाई सचेत रहन आग्रह गर्दछु विश्वास छ, मुलुक निर्माणको प्रथमिकताबाट विमुख व्यक्ति र समुहहरूका निहित स्वार्थद्वारा सिर्जना गरिएका अवरोधलाई छिचोल्न, राजनीतिक स्थिरता कायम गर्न र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्ने हाम्रो गन्तव्यमा आम देशवासी दिदीबहिनी तथा दाजुभाइहरूको हामीलाई साथ सहयोग प्राप्त हुनेछ नयाँ वर्ष सम्वत् २०७९ को पुनः हार्दिक शुभकामना ।
१ बैशाख २०७९
केपी शर्मा ओली अध्यक्ष
सर्वोच्च अदालतले दुई वर्ष समयावधि पुगेका कर्मचारीसँग सरुवाका लागि आवेदन माग गरेको छ । सर्वोच्चको प्रशासन शाखाले बुधबार एक सूचनामार्फत दुई वर्ष समयावधि पुगेका कर्मचारीसँग आफू सरुवा हुन चाहेको अदालत–निका...
राष्ट्रपति निर्वाचनमा कसरी अगाडि बढ्ने भन्नेसहितका निर्णय लिन सत्ता नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक पेरिसडाँडामा बसिरहेको छ । बिहीवारको बैठकमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री ...
सांसदहरूले शपथ खाएसँगै लुम्बिनी प्रदेशसभा सदस्यहरूको कार्यकाल शुरू भएको छ । प्रदेशसभा दोस्रो कार्यकालमा नयाँ र युवा पुस्ताको बलियो उपस्थिति छ । पहिलो कार्यकालमा ५ राजनीतिक दलको मात्र सहभागिता रहेको लुम्बिनी...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादीले राष्ट्रपति सबै दललाई स्वी...
राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना दिएकि छन् । आज परेको श्रीपञ्चीको अवसरमा उनले शुभकामना सन्देशमार्फत पर्वको शुभकामना दिएकि हुन् । वसन्तपञ्चमी तथा सरस्वती पूजाको...
सरकारको नेतृत्व गरेको दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दैछ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने सो दलले जनाएको छ । पार्टी महासचिव दवप्रसाद गुरुङका अनुसार आजको बैठकमा क...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...
आयुर्वेद र योग प्राचीन पूर्वीय धरोहर हुन् । मानव सभ्यतादेखि नै मनुष्यको स्वस्थ रक्षाका निमित्त अझ भन्नुपर्दा धर्म, अर्थ, कामको पूर्ति र मृत्युपश्चात मोक्ष प्राप्तिको वर्णन यी दुवैमा पाइन्छ । यिनीहरूमा निर्दिष्ट गरिएका ...