०२ साउन २०८३, शनिबार

वैशाख महिनाभरको राशिफल हेर्नुहोस्

वैशाख महिनाभरको राशिफल हेर्नुहोस्

मेष

यो महिना आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला । नया काममा मन जानाले गरिरहेको काम ओजेलमा पर्ला । तपाईले अरुलाई गर्नु भएको बाचा पुरा हुने समय रहेको छ । काम गर्नमा नै समय बिताए मन खुशी नै रहे पनि सोचे जती फाइदा हुनेछैन ।

वृष

यो महिना भाग्यशाली रंग - निलो, भाग्यशाली संख्या – ६ रहनेछ ।  तपाईंलाई कामसँग सम्बन्धित निर्णयहरू गर्न गाह्रो लाग्न सक्छ । मानसिक सुविधाको कारण दाम्पत्य जीवनमा राम्रो हुन्छ । हातहतियारबाट जोगिनु पर्नेछ । अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ, कसैसंग बढी रीस पनि उठ्ला ।

मिथुन

यो महिना प्रत्येक अवस्थाको बारेमा सोच्न र अगाडि बढ्नुहुनेछ । नयाँ चीजहरूमा नियन्त्रण र ध्यान राख्नुहुनेछ, तपाईंले गल्तीहरू हटाउन र जोखिम लिँदै गर्दा आफैलाई पनि हानि हुने अनुमति दिनुहुन्छ । यो महिना  गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ, सामान्यतया महिना एकदम राम्रो छ ।

कर्कट

यो महिना अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ ।  तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । टाढिएका आफन्तको यादले पिरोल्नेछ । अन्य कुरामा सुखले साथ दिनेछ, समयको भने बचत गर्नुहोला । काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ, भने कसैसंग मनमुटाव हुनसक्छ ।

सिंह

यो महिना समय सामान्य रूपमा खर्च हुनेछ । तपाईको सम्बन्धको सम्मानले सम्बन्ध अझ बलियो बनाउनेछ । तपाईं बच्चाहरूको अगाडि सबै भन्दा राम्रो अभिभावक साबित हुनुहुनेछ । तपाईंको ध्यान परिवारका सदस्यहरूको आवश्यकतालाई पनि दिइनेछ । आयआर्जनमा राम्रो हुनेछ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धनलाभ हुनेछ, नउठ्ने पैसा पनि उठ्नेछ ।

कन्या

यो महिना लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मन त्यसै त्यसै फुरुङ्ग हुने समय छ, धनको लाभ हुनेछ ।

तुला

यो महिना लगानी सम्बन्धित काममा कुनै प्रकारको गल्ती हुन सक्छ ।  कुनै पनि कदम चाल्नु अघि तपाईंले अनुसन्धान गर्नुपर्नेछ । गाह्रो समयमा छिमेकीलाई सहयोग गर्नु सान्त्वनादायी हुनेछ । लामो समयदेखि रोकिएको काम बन्नेछन् । आम्दानीमा कमी हुने छैन, नसोचेको ठाउबाट धन आउनेछ । मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ ।

वृश्चिक

यो महिना साझेदारीमा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ । कन्या–प्रतिस्पर्धामा  केही कमजोर सावित भइएला । आफन्तबाट समेत टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ ।

धनु

सकारात्मक समय रहेको छ  । यो महिना कुनै दुविधाको स्थितिमा, परिवारका सदस्यहरूको समर्थनले तपाईंलाई निर्णय लिन मद्दत गर्दछ । कृपया घरका मान्यजन सल्लाह र सल्लाहमा ध्यान दिनुहोस्  साथै, आफैंको मनन गर्न केहि समय खर्च गर्नुहोस् । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आम्दानी प्रशस्तै बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने बेला छ ।

मकर

यो महिना स्वास्थ्य बेठीक हुनेछ ।  कहिलेकाहीं कुनै प्रकारको लापरवाही हानिकारक हुनसक्छ । भाग्यशाली रंगहरू -रातो, भाग्यशालीसंख्या २ रहनेछ । स्वास्थ्य: काँध र घाँटी सम्बन्धी असुविधा बढ्न सक्छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने समय छ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुनेछ ।

कुम्भ

यो महिना युवाहरूले सम्बन्ध सम्बन्धी निर्णय लिनु अघि आफन्तहरुको अपेक्षा जाँच गरेर अघि बढ्नुपर्नेछ । तपाईले धेरै खुशीयालीको समाचार पाउनुहुनेछ जुन तपाई लामो समयदेखि पर्खिरहनु भएको थियो । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ ।  परिस्थितिले पनि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। व्यवसायमा पनि फाइदै हुनेछ ।

मीन

यो महिना काममा प्रगति हुन सक्छ । तपाईंको धैर्यले धेरै कुरामा सफलता मिल्न सक्छ । केही व्यक्तिहरूसँग तपाईं भावनात्मक दूरी महसुस गर्नुहुनेछ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् । सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला । समग्रमा महिना उत्साहपूर्ण रहनेछ । व्यावसायिक यात्रा सम्भावना छ ।

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]

salt training

कमेन्ट गर्नुहोस्