
लक्ष्मी ल्युब आयल प्रालिले काठमाडौंमा ‘रिटेलर्स एण्ड मेकानिक्स मिट’ को आयोजना गरेको छ।
भेलामा २०० भन्दा बढी रिटेलर्स र मेकानिक्स सँग अन्तरक्रिया गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार महाराजगञ्जदेखि कलंकी एरियाका लागि टोटल इनर्जीका विक्रेता सुनकोशी इन्टरप्राइजेज प्रालि र लक्ष्मी ल्युब आयल प्रालिको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो।
सुनकोशी इन्टरप्राइजेज प्रालिका म्यानेजिङ डाइरेक्टर राम शरण कार्कीको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा लक्ष्मी कमर्सियल भेहिकल्स प्रा. लि. तथा अटोकम्पोनेन्टका अपरेसन डाइरेक्टर कपिल शिवाकोटी थिए।
कार्यक्रममा नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुर प्रसाद न्यौपाने र लक्ष्मी ल्युब आयल प्रालिका विजनेस हेड रविन्द्र उपाध्याय उपस्थित थिए।
कार्यक्रममा टोटल इनर्जीद्वारा उत्पादित विभिन्न सेग्मेन्ट र साइजमा उत्पादित टोटल लुब्रिकेन्टहरुको बारेमा जानकारी पनि दिइएको थियो।
सन् २०२२ का लागि रिटेलर्स स्किम पनि सार्वजनिक गरिएको थियो।