
पश्चिमी सैन्य गठबन्धन नेटोलाई चेतावनी दिनका लागि रुसले बिहीवार पश्चिमी युक्रेनमा किन्जाल हाइपरसोनिक क्षेप्यास्त्र प्रयोग गरेको छ ।
उक्त क्षेप्यास्त्रले इभानो–फ्रान्क्विस्क क्षेत्रमा रहेको डेल्याटिन गाउँमा रहेको विशाल भूमिगत गोदामलाई ध्वस्त पारेको बताइएको छ । गोदाममा ठूलो संख्यामा हातहतियार राखिएको बताइन्छ ।
पोल्यान्ड सीमानजिक रहेको क्षेत्रमा युक्रेनले नेटोसँग लिएको सैन्य सामग्रीहरू थुपारेको थियो ।
किन्जाल क्षेप्यास्त्र उपयोग गरिएको कुरालाई रुसी अधिकारीहरूले पुष्टि गरेका छन् । रुसले यसअघि पनि किन्जाल क्षेप्यास्त्र उपयोग गरिसकेको छ ।