०३ असार २०८३, बुधबार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक शुरू

नुवाकोटमा सिन्दुरे जात्राको रौनक शुरू

कोरोना संक्रमणको जोखिमका कारण लगातार २ वर्ष प्रभावित बनेको नुवाकोटको सिन्दुरे (भैरवी वर्ष बन्धन) जात्रा यो वर्ष मनाउन शुरू गरिएको छ ।

नुवाकोटमा सबैभन्दा ठूलो पर्वका रुपमा मनाइने यो जात्राको विशेष रौनक र पूजाविधि अघि बढेको नुवाकोट दरबार मौला अमालका द्वारे महेन्द्रकुमार शाहीले जानकारी दिए ।

उनका अनुसार जीवित भगवान्को उपनामले परिचित भैरवीदेवी मन्दिरका पूजारी एवं धामी हरिमानसिंह डङ्गोल र उनकी जीवन सङ्गिनी धमिनीलाई पुज्ने र मुलुकमा आगामी वर्षमा के हुन्छ भनेर गोप्य भविष्यवाणी गरेर राष्ट्राध्यक्षसमक्ष जाहेर गर्ने धार्मिक तथा सांस्कृतिक परम्पराका रुपमा मनाइने सिन्दुरे जात्रा–२०७८ को पूजाविधि बिहीवारदेखि शुरू भएको हो ।

फागु पूर्णिमाको दिन १२ भाइले भैरवीदेवीको मन्दिरबाट जल ग्रहण गरी शुद्ध भएर शुरू भएको भैरवी वर्ष बन्धन–२०७८ को विभिन्न पूजाविधि वैशाख १ गतेदेखि विशेष रौनकका साथ शुरू गरिएको हो । द्वारे शाहीका अनुसार यो वर्षको जात्रा जालपादेवी मन्दिर देवीघाटमा वैशाख १ गते नुवाकोटका धामी हरिमानसिंह डङ्गोल निमन्त्रणाका लागि पुगेका छन् । उनी बिहीवारै भैरवीदेवी मन्दिर फर्कनेछन् ।

वैशाख २ गते बूढी देवताको स्थानमा लिङ्गो उठाएपश्चात् सोही दिनराति भैरवीदेवी मन्दिर परिसरको लिङ्गो उठाइने गरिएको छ । वैशाख ३ गते भैरवी देवीको मुकुटलाई रथमा राखेर सूर्यगढी गाँउपालिका–१ का लच्याङ निवासी गुठीयारले देवीघाटस्थित दिदी जालपादेवी मन्दिरमा रथयात्रा पुर्‍याउने र सोही राति धामी र धमिनीसहित गणेश, कुमार, गुभाजु, १२ भाइ खलक लगायत सम्मिलित भएर देवीघाट पुग्ने कार्यक्रम छ ।

salt training

कमेन्ट गर्नुहोस्