
स्थानीय निर्वाचनमा राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी तालमेल गर्ने प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले )को निर्णयप्रति नेता भीम रावलले असन्तुष्टि जनाएका छन् ।
स्थानीय निर्वाचनमा तालमेल गर्ने सम्बन्धमा नेकपा (एमाले )का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा बुधबार पाँच बुँदे सहमति भएको थियो ।
त्यस्तै , नेपाल परिवार दलबीच चुनावी तालमेलसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएकोमा र दुवै दलले चुनाव चिह्न सूर्य नै प्रयोग गर्ने सहमति भएको थियो । गोरखापत्र दैनिकमा खबर छ ।