अत्याधुनिक हातहतियार निर्माणमा महारथ हासिल गरेको इजरायलले पहिलोपटक लेजर मिसाइल डिफेन्स सिस्टमको सफल परीक्षण गरेको छ ।
त्यस सिस्टमलाई आइरन बीम नाम दिइएको छ । लेजरमा आधारित यस सिस्टमले मोर्टार, रकेट र एन्टी ट्यांक मिसाइललाई एकैपटकमा ध्वस्त पार्न सक्छ ।
इजरायलका प्रधानमन्त्री नेफ्ताली बेनेटका अनुसार, यस हतियारले निकै कम मात्र खर्च गराउँछ । इजरायलले यस हतियारको डेमोको भिडियो पनि सार्वजनि गरेको छ ।
प्यालेस्टाइनी समूह हमासको रकेट आक्रमण रोक्नका लागि इजरायलले आइरन डोमसँगै यो लेजर हतियार बनाएको हो । यस इजरायलको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनेछ ।
यस हतियारलाई स्थल, जल र वायु सबैतिर तैनाथ गर्न सकिन्छ ।
आफ्नो चिरप्रतिद्वन्द्वी इरान र हमासलाई कडा सन्देश दिनका लागि इजरायलले हतियार परीक्षणको भिडियो सार्वजनिक गरेको हो । नेगेभ मरुभूमिबाट हतियार परीक्षण गरिएको हो ।
यस हतियारले ९० प्रतिशत रकेटहरूलाई ध्वस्त पारेको इजरायलको दाबी छ ।
Israel has successfully tested the new “Iron Beam” laser interception system.
— Naftali Bennett בנט (@naftalibennett) April 14, 2022
This is the world’s first energy-based weapons system that uses a laser to shoot down incoming UAVs, rockets & mortars at a cost of $3.50 per shot.
It may sound like science fiction, but it's real. pic.twitter.com/nRXFoYTjIU