१० साउन २०८३, आइतबार
स्थानीय चुनाव

ललितपुर मेयरका लागि कांग्रेसबाट चिरीबाबु र गीता सत्यालसँगै ७ जना सिफारिस

ललितपुर मेयरका लागि कांग्रेसबाट चिरीबाबु र गीता सत्यालसँगै ७ जना सिफारिस

नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयर उम्मेदवारका लागि सात जनाको नाम सिफारिस गरेको छ । 

बहालवाला मेयर चिरीबाबु महर्जन, उपमेयर गीता सत्याल, पार्टीका महानगर समिति सभापति शुभानन धाख्वा, पूर्व सभापति राजेश महर्जन, महाधिवेशन प्रतिनिधिहरू भरतलाल न्याछ्ओ, प्रेमकृष्ण महर्जन र अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरिएको हो । 

कांग्रेसको ललितपुर महानगर समितिले उनीहरूको नाम सिफारिस गरेको हो । 'ललितपुरमा हामी एक्लै पनि जित्ने अवस्थामा छौं, गठबन्धन भयो भने झन् सहज जित हासिल हुन्छ । त्यसैका लागि योग्य-योग्य उम्मेदवार सिफारिश गरेका छौं,' महानगर सभापति धाख्वाले लोकान्तरसँग भने । 

मेयर उम्मेदवारको टुंगो केन्द्रीय कार्यसमितिले लगाउनेछ ।

salt training

कमेन्ट गर्नुहोस्