२८ असार २०८३, आइतबार

प्रधानन्यायाधीश राणाविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्तावविरुद्धको रिटमाथि सुनुवाइ हुँदै

प्रधानन्यायाधीश राणाविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्तावविरुद्धको रिटमाथि सुनुवाइ हुँदै

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसदमा पेश गरिएको महाभियोग प्रस्तावविरुद्धको रिट आज संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र तेजबहादुर केसीसहितको संवैधानिक इजलासमा आज सुनुवाइ भइरहेको हो ।

अधिवक्ताहरू डा. पुण्यप्रसाद खतिवडा र दीपकविक्रम मिश्रले महाभियोग प्रस्तावविरुद्ध अन्तरिम आदेश जारी गर्दै बदर गराई पाउँ भन्दै फागुन ११ गते दर्ता गराएको रिटमा आज प्रारम्भिक सुनुवाइ भइरहेको छ ।

गत फागुन १ गते प्रतिनिधि सभामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदहरूले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गराएका थिए  ।
 

salt training

कमेन्ट गर्नुहोस्