२६ असार २०८३, शुक्रबार

चोलेन्द्रविरुद्धको महाभियोग प्रस्तावसँग सम्बन्धित कागजात झिकाउन सर्वोच्चको आदेश

चोलेन्द्रविरुद्धको महाभियोग प्रस्तावसँग सम्बन्धित कागजात झिकाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसदमा पेश गरिएको महाभियोग प्रस्तावसँग सम्बन्धित कागजातहरू झिकाउन आदेश गरेको छ । 

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र तेजबहादुर केसीसहितको संवैधानिक इजलासमा आज भएको सुनुवाइपछि उक्त आदेश गरिएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले प्रधानन्यायाधीशमाथि संसदमा पेश भएको महाभियोग प्रस्तावसँग सम्बन्धित सम्पूर्ण कागजातहरू संघीय संसद सचिवालयबाट झिकाउने आदेश गरिएको बताए ।

अधिवक्ताहरू डा. पुण्यप्रसाद खतिवडा र दीपकविक्रम मिश्रले महाभियोग प्रस्तावविरुद्ध अन्तरिम आदेश जारी गर्दै बदर गराई पाउँ भन्दै  फागुन ११ गते दर्ता गराएको रिटमा आज प्रारम्भिक सुनुवाइ भएको थियो।

गत फागुन १ गते प्रतिनिधि सभामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदहरूले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गराएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्