२४ जेठ २०८३, आइतबार

ओढारमा लुकाइएको अवस्थामा भेटियो एसएलआर राइफल

ओढारमा लुकाइएको अवस्थामा भेटियो एसएलआर राइफल

नेपाली सेनाले एसएलआर राइफल र ३०३ राइफल फेला पारेको छ । 

ढोरपाटन शिकार आरक्षमा खटिएको देवीबक्स गुल्मबाट फौज र आरक्षका कर्मचारीको संयुक्त टोलीले चैत २९ गते बागलुङ र पूर्वी रुकुमको सिमानामा रहेको पुथा उत्तरगंगा गाउँपालिका–५ घुस्तुङ खोलाको झोलुंगे पुलमुनि ओढारमा फेला पारेको हो । 

सेनाले ७.६२ मीमी एसएलआर राइफल एक नाल, त्यसको म्यागजिन र ३०३ राइफलको अगाडिको भाग फेला पारेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्