
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ स्थित धारापानीमा बस दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा चालक सहित ६ जना बालक गम्भिर घाइते भएका हुन् । शुक्रबार साँझ रैनादेवी–६ पानीडाँडाबाट जुठापौवातर्फ जाँदै गरेको ग १ ख ४९०२ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
घाइते हुनेहरुमा रैनादेवी–६ धारापानीका बस चालक ४२ बेदबहादुर जिसी, सोही ठाउँका ७ वर्षीय राहीत घर्ती, ८ वर्षीय मिलन बगाले, ९ वर्षीय रोमन घर्ती, ९ वर्षीय खिम बहादुर घर्ती र १० वर्षीय आकाश रासकोटी रहेका छन् ।
बस सडकबाट ४ सय मिटर तल खसेको छ । घाइते सबैलाई उपचारका लागि पाल्पा सदरमुकाम तानसेन ल्याइएको प्रहरीले जनाएको छ ।