माघ ८, २०८०
राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...
बर्दियाको बँदेल सबैको प्रिय परिकार मानिन्छ । बर्दियाको बँदेलको स्वाद नै फरक हुने हुँदा धेरैको रोजाइमा पर्छ ।
राणा तथा राजकीय भोजनमा बँदेल नहुँदा अधुरो मानिने हुँदा अनिवार्य रूपमा समावेश गरिएको हुन्छ ।
बँदेलको मासु समुदायअनुसार फरक–फरक हुन्छ । कसैले सेकुवा बनाएर खान्छन् त कसैले डामेर । कुनै समुदायलाई करी बनाएर मनपर्छ भने कुनैलाई बार्बक्यु गरेर खान मन पर्छ ।
यहाँ हामीले चर्चा गर्न लागेको भने बर्दियाको डामेको बँदेलको विषयमा हो । बर्दियाकै मासु खान भनेर कति राजधानीवासी बर्दिया पुगेका हुन्छन् । बँदेलको मासु खाने शौख धेरैमा हुन्छ र अन्य मासुभन्दा छिट्टै धित मर्ने पनि हुन्छ ।।
बर्दियाको बँदेल डामेको बनाउन चाहिने सामग्रीः
बर्दियाको बँदेलको मासु (छाला, बोसो, फलमासुको लेयर मिलेको) १ किलोग्राम, नून स्वादअनुसार, बेसार १ र आधा चिया चम्चा, तोरीको तेल आधा कप, टिमुरको धुलो आधा चिया चम्चा, अदुवा–लसुनुको पेस्ट १ र आधा चिया चम्चा, जिराको धुलो आधा चिया चम्चा, धनियाँको धुलो आधा चिया चम्चा, अकबरे खुर्सानीको धुलो १ चिया चम्चा, हरियो धनियाँ आधा मुठा, कागतीको रस २ चिया चम्चा ।
बर्दियाको बँदेल डामेको बनाउने विधिः
नून बेसार, कागतीको स्लाइस हालेर बँदेलको ढिक्का मासुलाई ४५–५० मिनेट सानो आँचमा बोइल गर्ने र पाक्ना साथ एउटा बाटामा चिस्याउन राख्ने । चिसो हुनासाथ पातलो स्लाइसमा काटेर तोरीको तेलमा रातो हुने गरी डाम्ने । अन्त्यमा अदुवा–लसुनको पेस्ट हालेर एकछिन डामेपछि बाँकी सबै मसला हाली सानो आँचमा डाम्दै जाने र सर्भ गर्ने समयमा काटेको धनियाँ र कागतीको रस हाली तातो–तातो पस्कने ।
दिइएका सामग्री हालेर मोली बँदेलको सेकुवा या तास पनि बनाएर खान सकिन्छ, दुवै परिकार अति नै स्वादिष्ट हुन्छन् ।
राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...
आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...
दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...
(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...
सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...
समाजमा विभिन्न किसिमका मानिसहरू भेटिन्छन्, सबैले आफ्नै कुरालाई ध्यान दिइरहेका हुन्छन् । जहाँकहीँ होस्, चाहे पार्टी, पिकनिक, समारोह, गोष्ठी, भेटघाट सबैतिर आफ्नै बखान गर्छन् आफ्नै नाम, काम, धाम, पेशा र व्यवसायको । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...