
अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ । क्यालिफोर्नियाको साक्रामेन्टो शहरमा गाडीको ठक्करबाट ३२ वर्षीय प्रज्वल बिक्रम विष्टको मृत्यु भएको आफन्त तथा गायक ओम बिक्रम बिष्टले जानकारी दिए ।
विष्टको गाडीलाई अर्को कारले ठक्कर दिँदा सो घटना हुन पुगेको बताइएको छ ।