३१ असार २०८३, बुधबार

फौजी कीराबाट मकैमा क्षति

बैशाख ४, २०७९
फौजी कीराबाट मकैमा क्षति

मकै बालीमा फौजी कीराले नोक्सानी गरेपछि  बाँकेका  किसान  समस्यामा  छन्  ।  

कीराका कारण यस वर्ष मकै उत्पादनमा कमी आउने भएको छ । मकै बाली हुर्कंदै गरेको अवस्थामा फौजी कीराले बालीमा धेरै क्षति पुर्‍याएको  गुनासो  आएको  कृषि  ज्ञान  केन्द्र  नेपालगञ्जले जनाएको छ ।

कृषि  ज्ञान  केन्द्रका  अनुसार  फौजी  कीराको प्रकोपबारे सचेतना जगाइएको भए पनि समयमै यसको रोकथाम गर्न नसकिँदा बाँकेको मकै बालीमा ठूलो क्षति पुगेको छ  ।  कृषि  ज्ञान  केन्द्रका  बाली  संरक्षण  अधिकृत सकिल अहमदले बाँकेमा फौजी कीराको प्रकोप व्यापक फैलिएको जानकारी दिए ।

किसानले  विषादीसमेत  प्रयोग  गरिरहे  पनि  नियन्त्रण  आउन  नसकेको  उहाँले  जानकारी दिनुभयो । वसन्ते मकैमा सुक्खा हुँदा फौजी कीराले बढी नोक्सानी गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

बाली  संरक्षण  अधिकृत  अहमदका  अनुसार फौजी कीरा नियन्त्रण गर्न विषादी छर्नुबाहेक अरू कुनै विकल्प छैन । फौजी कीराका कारण बाँकेको खजुरा, राप्ती सोनारी, डुडुवा  र  बैजानाथमा  किसानले  लगाएको  मकैमा अधिक क्षति पुगेको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ ।  गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्