०८ साउन २०८३, शुक्रबार

स्याङ्जाको वालिङमा जीप दुर्घटना, ११ जना घाइते

स्याङ्जाको वालिङमा जीप दुर्घटना, ११ जना घाइते
तस्वीर सौजन्य : प्रकाश डुम्रे

स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । 

वालिङ नगरपालिका–१२ माथिल्लो डाँडाखर्कमा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी राजीवबहादुर बस्नेतले जानकारी दिए ।

‘गम्भिर घाइतेलाई अस्पताल पठाएका छौं । उनीहरुको अवस्था आइसकेको छैन,’ एसपी बस्नेतले लोकान्तरसँग भने ।

दुर्घटनामा परेका केहीको मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ तर अस्पतालले भने पुष्टि गरेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्