×

NMB BANK
NIC ASIA

किन बन्द गरिँदैछ गिद्ध प्रजनन केन्द्र ?

बैशाख ४, २०७९

NTC
फाइल तस्वीर।
Premier Steels

चितवन राष्ट्रिय निकुञ्जमा रहेको गिद्ध प्रजनन केन्द्र बन्द गर्न लागिएको छ । प्रकृतिमा गिद्धको सङ्ख्या बढ्दै गएको र केन्द्रमा प्रजनन प्रभावकारी हुन नसकेपछि केन्द्र बन्द गर्न लागिएको हो ।

Muktinath Bank

सन् २००८ मा निकुञ्जमा केन्द्र स्थापना गरिएको थियो । अण्डा र गिद्ध ल्याएर शुरू गरिएको केन्द्रमा हालसम्म १८ वटा बच्चा कोरलेर हुर्किएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१४ वर्षको अवधिमा सरकारको लगानीको तुलनामा प्रतिफल कम देखिएपछि प्रकृतिमा रहेका गिद्धलाई केन्द्रित गरेर जटायु रेस्टुरेन्टमार्फत कार्यक्रम गर्न लागिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार हाल प्रजनन केन्द्रमा १० गिद्ध मात्र छन् । 


Advertisment
Nabil box
Kumari

केही समयअघि त्यहाँका १० वटा गिद्धलाई नवलपरासीको पिठौलीमा रहेको जटायु रेस्टुरेन्टमा लगिएको छ । ती गिद्धलाई केही महिना त्यहीँको खोरमा राखेपछि प्रकृतिमा छाडिनेछ ।

Vianet communication

आचार्यका अनुसार ती गिद्ध छाडेपछि यहाँका १० गिद्धलाई लगिने कार्यक्रम छ । यससँगै कसरामा १४ वर्षदेखि सञ्चालन हुँदै आएको प्रजनन केन्द्र बन्द हुने उनले बताए । आगामी साउन महिनासम्ममा प्रजनन केन्द्र बन्द हुनेछ । अघिल्ला तीन वर्ष गिद्धले अण्डा पारेको भए पनि बच्चा कोरल्न सकेको छैन । कृत्रिमरुपमा गरिएको प्रजननभन्दा प्राकृतिकरुपमा प्रभावकारी देखिएपछि प्रकृतिमा नै संरक्षणमा जोड दिइएको हो ।  

निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार सन् २००८ बाट कसरामा गिद्ध प्रजनन केन्द्र स्थापना गरी संरक्षण गर्न थालिएको हो । त्यसयता सन् २०१४ बाट प्रजनन केन्द्रमा गिद्धले अण्डा पार्न शुरू गरेको हो । पहिलो वर्ष पाँच अण्डाबाट एउटा मात्रै बच्चा कोरलिएको थियो ।

उनका अनुसार सन् २०१५ मा सात अण्डाबाट एउटा पनि बच्चा कोरिलिएन । यस्तै सन् २०१६ मा १५ वटा अण्डाबाट ९ वटा बच्चा कोरलिएको भए पनि एउटा मरेको थियो ।

सन् २०१७ मा २१ अण्डाबाट ६ बच्चा कोरलिएको थियो । सन् २०१८ मा २० अण्डाबाट दुई बच्चा कोरलिएकामा त्यसयता बच्चा कोरल्न सकेको छैन । सन् २०१९ मा १९ र २० मा १४ अण्डा पारे पनि बच्चा कोरल्न सफल नभएको उनले जानकारी  दिए । गत वर्ष १२ वटा अण्डा पारेको भए पनि बच्चा कोरल्न सकेन । 

बाहिरबाट ल्याएर हुर्काइएका गिद्ध र केन्द्रमा नै अण्डा पारेर बच्चा कोरलेर हुर्काइएका गरी ४९ वटा गिद्ध प्रकृतिमा छाडिसकिएको छ । सन् २०१७ बाट प्रकृतिमा गिद्ध छोड्न शुरू गरिएको हो ।

पहिलो वर्ष ६ गिद्ध छाडिएको थियो । सन् २०१८ मा १२, २०१९ मा १३ र यस वर्ष १८ वटा गिद्ध प्रकृतिमा छाडिएको छ ।

प्रकृतिमा छाड्नका लागि नवलपरासीको जटायु रेस्टुरेन्टमा जालीमा लगेर राख्ने गरिन्छ । प्रकृतिमा रहेका गिद्धसँग घुलमिल गराएर छोड्ने गरिन्छ ।

जटायु रेस्टुरेन्टमा प्रकृतिमा रहेका गिद्ध सँगसँगै खाने र उनीहरुको आनीबानी हेर्न मिल्ने गरी राखिएको हुन्छ । हाल प्रजनन केन्द्रमा पाँच भाले र पाँच पोथी गिद्ध रहेका छन् । पाँच भाले र पाँच पोथी प्रकृतिमा छोड्नका लागि जटायु रेष्टुरेन्टमा लगिएको छ ।

निकुञ्ज विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले पछिल्ला वर्षमा प्रकृतिमा रहेका गिद्धको प्रजनन राम्रो र सङ्ख्या बढ्दै गएकाले प्रजनन केन्द्रमा संरक्षण गरी हुर्काउनुभन्दा प्रकृतिमा नै संरक्षणमा जोड दिइएको बताए । उनका अनुसार जटायु रेस्टुरेन्टलाई व्यवस्थित गरेर प्रकृतिमा रहेका गिद्धको संरक्षणमा विभाग लागेको छ । 

नेपालले विश्वमा नै पहिलो पटक प्रकृतिमा लोप हुन लागेको गिद्ध खोरमा हुर्काएर प्रकृतिमा छाड्ने काम गरेको हो । हाल नवलपरासीसँगै दाङ, कैलाली र कोशीटप्पुमा जटायु रेस्टुरेन्टमार्फत गिद्धको संरक्षण गरिँदै आएको छ । यसबाट परिस्थितिकीय प्रणालीको जगेर्नामा टेवा पुग्ने विश्वास लिइएको छ ।

मुख्यरुपमा पशु बिरामी पर्दा नदुख्नका लागि प्रयोग गरिने ‘डाइक्लोफिनाक’ नामक औषधि प्रयोग गरेपछि मरेको पशुको मासु खाँदा गिद्ध मरेको संरक्षणकर्मी बताउँछन् । सन् २००४ मा पाकिस्तानमा डाइक्लोफिनाक औषधि प्रयोग गरेका पशुको मासु खाएका कारण गिद्ध मरेको तथ्य पत्ता लागेको थियो । 

त्यस्ता मासु खाँदा गिद्धको मिर्गौलामा खराबी हुने र गिद्ध मर्ने गरेको बताइएको छ । धेरै गिद्ध मरेपछि सरकारले संरक्षणमा जोड दिएको थियो । यो औषधिमा रोक लगाएसँगै प्रकृतिमा गिद्धको सङ्ख्या बढ्न थालेको महानिर्देशक कँडेल बताउँछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x