२८ असार २०८३, आइतबार

सत्तारूढ गठबन्धनले सातै प्रदेशमा चुनावी सभा गर्ने, कहाँ कहिले ?

सत्तारूढ गठबन्धनले सातै प्रदेशमा चुनावी सभा गर्ने, कहाँ कहिले ?

सत्तारूढ गठबन्धनले देशव्यापीरूपमा संयुक्त चुनावी सभा आयोजना गर्ने भएको छ । 

स्थानीय तह निर्वाचनको लागि गठबन्धनमा रहेका दलहरुको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बिहीबार बसेको बैठकले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको संयन्त्रका सदस्य सचिव केशवराज जोशीले जानकारी दए ।

गठबन्धन दलले धनगढी र सुर्खेतमा बैशाख १८ गते चुनावी सभा गर्ने भएको छ । बुटवल र पोखरामा बैशाख १९ गते, विराटनगर र जनकपुरमा बैशाख २० गते चुनावी सभा आयोजना गर्ने निर्णय गरेको छ । त्यसैगरी, वैशाख २२ मा काठमाडौंमा चुनावी सभा गर्ने निर्णय गठबन्धनले गरेको छ । 

सबै सभालाई गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने बताइएको छ ।  


 

salt training

कमेन्ट गर्नुहोस्